Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

छात्रवृत्तिको नतिजा सार्वजनिक

परीक्षामा सहभागि प्राय सबै विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने

आइतबार, २१ साउन २०८०

काठमाडौं - संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि काठमाडौं महानगरपालिकाले लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार परीक्षामा सहभागि प्राय सबै विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने देखिएको छ । 

छात्रवृत्ति कोटा भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी नभएका कारण परीक्षामा सहभागी प्राय सबैले पढ्न पाउने देखिएको महानगरका शिक्षा अधिकृत मोती प्रसाद भट्टराईले बताए । अब छनौट भएका हरेक विद्यार्थीले आफ्नो रोजाई अनुसार क्रमशः १० वटा विद्यालय छान्न पाउने र मेरिटका आधारमा विद्यालय छनौट गर्दै विद्यार्थी चयन गर्ने प्रणाली विकास गरिएको उनको भनाई छ । 

महानगर भित्रका करिव दुई सय निजी विद्यालयमा ति विद्यार्थीले पढ्न पाउने छन् । गत बर्ष कक्षा १२ को परीक्षामा सहभागिताको आधारमा छात्रवृत्ति दिने विद्यालय तय गरिएको महानगरले जनाएको छ । छाछात्रवृत्तिका लागि आवेदन हालेका छ हजार १७ विद्यार्थी मध्ये पाँच हजार एक सय ६२ विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । 

यस अघि राष्ट्रिय परीक्षा बोर्डले वितरण गर्ने छात्रवृत्तिमा पहुँचवालाको मात्रै वाहुल्यता भए पछि स्थानीय सरकारहरुले आफ्ना क्षेत्र भित्रका विद्यालयमा परीक्षा लिएर आफैंले विद्यार्थी छनौट गर्न थालेका हुन् । महानगरले पनि पहिलो पटक आवश्यक मापदण्ड निर्धारण गरेर परीक्षा लिई छात्रवृत्ति वितरण गरेको हो । यसबाट पहुँचवाला भन्दा पनि आवश्यकता भएकाहरुले लाभ पाउने छन् । यस अघि पोखरा र भरतपुर महानगरले पनि छात्रवृत्तिको लागि विद्यार्थी छनौट गरेका थिए । 

जीपीएका आधारमा कक्षा ११ को छात्रवृत्ति वितरण

छात्रवृत्तिका लागि परीक्षा लिएर विद्यार्थी छनौट

प्रतिक्रिया