Edukhabar
सोमबार, २६ कार्तिक २०८१
गतिविधि

प्रावि शिक्षकको परीक्षा सर्यो

लोकसेवा आयोगको परीक्षाको मितिसँग जुधे पछि परीक्षा सार्ने शिक्षक सेवा आयोगको निर्णय

सोमबार, १५ साउन २०८०

भक्तपुर - आगामी असोजका लागि निर्धारित प्राथमिक तह तृतीय श्रेणी शिक्षकको परीक्षाको मिति सरेको छ । आगामी असोज ६ गते सञ्चालन गर्न तोकिएको खुल्ला प्रतियोगिताको परीक्षा असोज १३ गते गर्ने शिक्षक सेवा आयोगले निर्णय गरेको हो । 

लोकसेवा आयोगको खरिदार पदको परीक्षाको मितिसँग जुध्न गएकोले मिति सार्न परेको आयोगले जनाएको छ । गत असार १ गते प्रकाशित सूचना अनुसार प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा असोज ६ गतेका लागि तोकिएको थियो ।  

परीक्षा मिति सरे पनि परीक्षा केन्दै र समय यस अघि तोकएकै स्थान र समयमा हुने आयोगले जनाएको छ । परीक्षा सम्बन्धि अन्य व्यवस्था पनि पूर्व सूचना अनुसार नै हुने आयोगले जनाएको छ । 

प्रतिक्रिया