Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

लाइसेन्स परीक्षामा ५२ प्रतिशत फेल

शुक्रबार, १२ साउन २०८०

काठमाडौं - नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा ५२ प्रतिशत चिकित्सक मात्रै पास भएका छन् । काउन्सिलले शुक्रबार लिएको विशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षा अर्थात् विशेष परीक्षामा ४८ प्रतिशत चिकित्सक मात्रै पास भएका हुन् । 

परीक्षा दिनका लागि दुई सय १२ जनाले फारम भरेकामा परीक्षामा दुई सय नौ जना मात्रै सहभागि भएका काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जनाए । 

जसमध्ये एक सय एक जना अर्थात् ४८ दशमलब ३३ प्रतिशत मात्रै पास भएका छन् । परीक्षामा सहभागी मध्ये एक सय तीन जना अर्थात ५१ दशमलब ६७ प्रतिशत चिकित्सक फेल भएका उनले बताए । उक्त परीक्षामा विभिन्न ३४ विषयका विशेषज्ञ डाक्टरहरुको सहभागीता थियो । 

प्रतिक्रिया