Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षक आयोगले खोल्यो विज्ञापन

परीक्षा एकै दिन एकै समयमा हुने भएकाले जुन प्रदेशबाट सहभागी हुन चाहेको हो सोही प्रदेश छनौट गर्नु पर्ने

विहीबार, ११ साउन २०८०

भक्तपुर - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाईसेन्स) को विज्ञापन खुलाएको छ । निम्न माध्यमिक तहमा पढाउन योग्यता पुगेका व्यक्तिले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली मार्फत भदौ ८ गते भित्र आवेदन दिन सक्ने छन् । दोब्बर दूस्तुर तिरेर भदौ १५ सम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । आयोगले आवेदन शुल्क ७ सय रुपैंया तोकेको छ ।  

अनलाइन मार्फत् आवेदन गर्दा व्यक्तिगत विवरण पेस गरेका कागजातहरू राजश्व बुझाइसके पछि संशोधन गर्न नसकिने भएकोले सावधानी पूर्वक दरखास्त दिन आयोगले आग्रह गरेको छ । परीक्षा कात्तिक १८ गते दिउँसो १ बजे हुने छ । परीक्षा केन्द्र भने सम्बन्धित प्रदेश अन्र्तगतका जिल्लाहरु हुने छन् । परीक्षा केन्द्रका बारेमा पछि जानकाी दिने आयोगले जनाएको छ । 

निमाविका लागि शिक्षक हुन कक्षा १२ वा सो सरहको परीक्षामा कम्तिमा २ सय पूर्णाक वा ८ क्रेडिट आवर उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम पुरा गरेको हुन आवश्यक छ । तोकिएको शैक्षिक योग्यताको परीक्षा उत्तीर्ण गर्दा Teaching Practice (Instructional Pedagogy)  वा Practicum वा Student Teaching  विषय लिएको भएमा मात्रै तालिम प्राप्त गरेको मानिने छ । तर, कुनै व्यक्तिले तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्को विशेष पाठ्यक्रम बाट कक्षा १२ उत्तीर्ण गरेको भए त्यसलाई शैक्षिक उपाधिको मान्यता नदिई तालिम प्रयोजनको लागि मात्रै मान्यता दिईएको हुँदा त्यस्ता व्यक्ति यो वित्रापनमा उम्मेद्वार हुन नसक्ने आयोगले जनाएको छ । 

एक व्यक्तिले एक भन्दा बढि प्रदेशमा दरखास्त दिन पाईने छैन । लिखित परीक्षा एकै दिन एकै समयमा हुने भएकाले जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हो सोही प्रदेश छनौट गर्नु पर्ने हुन्छ । 

तोकिएको शैक्षिक योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यता हुनेहरुले पनि दरखास्त दिन पाउँछन् । 

प्रतिक्रिया