Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षक प्राध्यापकलाई मोसो दल्ने घटना रोक्ने उपायको खोजी

आन्दोलनका नाममा मोसो दल्नेलाई कारवाही गर्ने निर्णय

बुधबार, १० साउन २०८०

काठमाडौं - शिक्षक प्राध्यापकलाई मोसो दल्ने बढ्दो घटना रोक्न सत्ताधारी दल नेपाली काँग्रेसले त्यस्तो कार्य गर्ने कार्यकर्तालाई निष्कासन गर्ने निर्णय गरेको छ । साउन २ गतेबाट शुरु भई बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उश्रृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्नसक्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए । 

‘कुनैपनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार अथार्त शारिरिक आक्रमण, कालोमोसो दल्नेको पार्टी सदस्यता अबिलम्ब खारेज गर्ने निर्णय गरिएको छ’ शर्माले बैठकमा उल्लेख गरे । 

विभिन्न शैक्षिक संस्थामा हुने कार्यक्रममा काँग्रेस निकट विद्यार्थीले शिक्षक प्राध्यापक माथि मोसो दल्ने कार्य गर्दै आएको भन्दै व्यापक आलोचना हुँदै आएको छ । पछिल्लो पटक गत जेठ अन्तिममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाल माथि काँग्रेस निकट  नेपाल विद्यार्थी संघका  कार्यकर्ताले कालोमोसो दलेका थिए । विश्वविद्यालयमा देखिएका समस्या समाधान नगरेको नाममा विद्यार्थीले गरेको उक्त घटनाको चौतर्फी आलोचना भएको थियो ।  

प्रतिक्रिया