Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

बृहत छलफल गरी शिक्षा ऐन ल्याउन सरकारको ध्यानाकर्षण

एक बर्ष भित्र जारी गर्ने घोषणा सरकार बनेको ६ महिना बिते पछि काँग्रेसको औपचारिक चासो

बुधबार, १० साउन २०८०

काठमाडौं - सत्तारुढ दल नेपाली काँग्रेसले यथाशिघ्र शिक्षा विधेयक संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । गत साउन २ गतेबाट सुरु भएको केन्द्रिय समितिको बैठकले राज्य पुर्नसंरचना गरी मुलुक संविधान बमोजिम संघीय शासन प्रणालीमा गए पनि ऐन नबनेको प्रति ध्यानाकर्षण गराएको हो । 

महामन्त्री विश्वप्रकाश शर्माले पार्टि बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । 

'राज्य पुर्नसंरचना गरी मुलुक संविधान बमोजिम संघीय शासन प्रणालीमा गए पनि संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, संघीय शिक्षा ऐन जस्ता अति आवश्यक ऐनहरु हालसम्म नबनेकोले यस विषयमा सरोकारवालाहरुसँग वृहत छलफल र परामर्श गरी यथाशिघ्र विधेयक संसदमा ल्याई पारित गर्न नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको यो बैठक नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछ' प्रस्तावको बुँदा नम्बर ३.११ मा भनिएको छ । 

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि तयार घोषणा पत्रमा काँग्रेसले सरकार गठन भएको एक बर्ष भित्र संघीय शिक्षा ऐन जारी गर्ने उल्लेख गरेको थियो । गत निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक संकल्प पत्र नाम दिईएको घोषणा पत्रमा उक्त प्रतिवद्धता समेटिएको हो । उक्त मिति ६ महिना बिते पछि काँग्रेसले फेरी सरकारको गम्भिर ध्यानाकर्षण गराएको जनाएको हो । 

प्रतिक्रिया