Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

विश्वविद्यालय विधेयक समितिमा पठाइने

विधेयक माथि ३८ सांसदको संशोधन

बुधबार, १० साउन २०८०

काठमाडौं - नेपाल विश्वविद्यालय विधेयक दफावार छलफलको लागि संसदीय समितिमा पठाइने भएको छ । 

राष्ट्रिय सभाबाट पारित भइसकेको विधेयक प्रतिनिधिसभामा संशोधनको चरणमा रहेको छ । दफावार छलफल गरेर टुग्याउन समितिमा पठाउन लागिएको हो । प्रतिनिधिसभाको बुधबार बस्ने बैठककोे कार्यसूचीमा विधेयक समितिमा पठाउने उल्लेख छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८०  लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी गरिने प्रस्तावलाई सदनले स्वीकार गर्नु पर्ने हुन्छ । विधेयक माथि ३८ सांसदले संशोधन दर्ता गरेका छन्  ।  

माओवादी सांसद ज्ञानुु बस्नेतले नेपाल विश्वविद्यालको नाम परिवर्तन गरी शहीद स्मृति विश्वविद्याल बनाउनु पर्ने संशोधन राखेकी छिन् । त्यस्तै रास्वपा सांसद डा. तोसिमा कार्कीले नवलपरासी विश्वविद्यालय राख्नु पर्ने संशोधन राखेकी छिन् । काठमाडौं उपत्यका  बाहिर खोल्न लागिएको विश्वविद्यालयमा स्थान भने एकिन गरिएको छैन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले डडेलधुराको अमरगढी नगरपालिकामा खोल्नु पर्ने संशोधन राखेका छन् । 

प्रतिक्रिया