Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

महिलाबारे आपत्तिजनक प्रश्न बनाउने लेखकको किताब जलाएर विरोध

सोमबार, ०८ साउन २०८०

काठमाडौँ । महिलाबारे आपत्तिजनक प्रश्न बनाएर किताब प्रकाशन भएको पाइएपछि सोमबार राजधानीमा विरोध प्रदर्शन गरिएको छ ।
लोकसेवा तयारी पुस्तकमा महिलाहरुबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखेको पाइएपछि अनेरास्ववियू (क्रान्तिकारी) ले माइतीघरमा विरोध प्रदर्शन गरेको हो । सो क्रममा उनीहरुले लेखक राम एकलव दासको किताब जलाएका छन् ।

 

महिलाबारे आपत्तिजनक प्रश्न बनाइएको पाइएपछि सामाजिक सञ्जालको दासको कडा आलोचना भएको छ । 

प्रतिक्रिया