Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

विद्यार्थीको खाजा कटौती

बुधबार, ०३ साउन २०८०

काठमाडौं - दिवा खाजा अब कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खुवाईने भएको छ । अघिल्लो वर्ष कक्षा ६ सम्मका विद्यार्थीलाई खुवाउने गरिएको थियो ।  १ अर्ब बजेट अभाव भएकोले दिवा खाजा कटौती गर्नु परेको शिक्षा मन्त्रालय योजना महाशाखाका प्रमुख समेत रहेका सहसचिव डा. हरि प्रसाद लम्सालले बताए । 

यसवर्ष ३२ लाख विद्यार्थीलाई मात्रै दिवा खाजाको व्यवस्था गर्न सकिने उनको भनाई छ ।

‘त्यो ३२ लाख भनेको १ देखि ५ सम्मका विद्यार्थी मात्रै हुन्, ’ प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको छलफलमा उनले भने, ‘६ कक्षाका विद्यार्थीलाई दिवा खाजा छैन । ड्रप आउट हटाउँदा कति पुग्दो रहेछ योजना बनाइरहेका छौं ।’ 

सरकारले कर्णालीका विद्यार्थीलाई दैनिक २० रुपैंया र अन्यत्र एक दिनको १५ रुपैंया खाजा खर्च दिने गरेको छ । सांसदहरुले खाजा खर्च कटौती गरेको भन्दै बिरोध गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टिका सांसद सुमना श्रेष्ठले अबण्डामा रहेको बजेटबाट भए पनि बालबालिकाले पाइरहेको खाजा निरन्तर दिनु पर्ने बताइन् । विद्यालयले दिने खाजा चाउचाउ, बिस्कुट र चिउरा मात्रै भएको भन्दै सांसदहरुले बिरोध जनाए । मन्त्रालयका अधिकारीहरुले भने निर्देशिका बनाएर दैनिक खुवाउने खाजाको मेनु नै तयार भएको दावि गरेका छन् । 

बुधबार बसेको संसदीय समितिका अन्य खबरहरु पढ्नुहोस् : शिक्षा मन्त्रीले नै भेटेनन् शिक्षा आयोगको प्रतिवेदन !

सचिव विदेशमा भएकोले शिक्षा ऐन अघि बढेन : शिक्षा मन्त्री

प्रतिक्रिया