Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

सचिव विदेशमा भएकोले शिक्षा ऐन अघि बढेन : शिक्षा मन्त्री

बुधबार, ०३ साउन २०८०

काठमाडौं - शिक्षा ऐन संशोधनको विधेयक मन्त्री परिषद्मा पुगेको शिक्षा मन्त्री अशोक कुमार राईले बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोल्दै उनले मन्त्रीपरिषद्को विधेयक समितिमा छलफल गरेर टुङ्गि सक्नु पर्नेमा समितिमा रहेका दुई जना सचिव विदेशमा भएकोले अघि बढ्न नसकेको बताए ।

‘समस्या नभएको भए विधेयक यो साता संसदमा आइसक्नु पथ्र्यो,’उनले भने,‘ नसोचेको समस्या भयो । आज पनि मन्त्री परिषद्मा छलफल भएको छ । सचिव नभएको कारण प्रक्रिया रोकिएको हो ।’ 

मन्त्री परिषद्को विधेयक समितिमा रहेका दुई सचिव विदेश गएकै कारण विधेयक रोकिएको उनले बताए । 

‘मन्त्री परिषद्ले हप्ता दिनमा विधेयकको रिपोर्ट दिन निर्णय गरेको थियो । सचिवहरु १५ दिनलाई विदेश जानु भएछ । उहाँहरु नभए पछि काम रोकियो’ उनले भने ।

राजनीतिक परिवर्तन भएको यतिका बर्ष सम्म पनि शिक्षा ऐन निर्माण नहुँदा बदलिएको देशको संरचना अनुकुल शिक्षाका गतिविधि हुन सकिरहेका छैनन् । 

बुधबार बसेको संसदीय समितिका अन्य खबरहरु पढ्नुहोस् 

विद्यार्थीको खाजा कटौती

शिक्षा मन्त्रीले नै भेटेनन् शिक्षा आयोगको प्रतिवेदन !

प्रतिक्रिया