Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

निजी विद्यालय सञ्चालकहरुले गरेको मेला रोकियो, अभिभावक नलोभ्याउन सचेत

विहीबार, ३२ जेठ २०८०

काठमाडौं - कक्षा १० र १२ को नतिजा कुरेर बसेका विद्यार्थीलाई लक्षित गर्दै निजी विद्यालय सञ्चालकहरुले बिहीबारबाट शुरु गरेको मेला रोकिएको छ । परीक्षाको नतिजा नै नआइकन  विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने कार्य उचित नभएको भन्दै महानगरपालिकाले मेला रोकेको हो ।

आवश्यक प्रक्रिया समेत पूरा नगरी मेला गरिएकोले मेला रोकिएको महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । पाण्डेको नेतृत्वमा गएको नगर प्रहरीले मेलामा राखिएका स्टलहरु हटाएको छ । २०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचना परिवर्तन गरेर कक्षा १२ सम्म विद्यालय तह हुने व्यवस्था गरे पनि निजी विद्यालय सञ्चालकहरुले साविकका उच्च माविकै संरचनामा गतिविधि गर्दै आएका छन् । यही शिलशिलामा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला आयोजना गरेको थियो ।

कान्तिपुर पब्लिकेसन समेत आयोजक रहेको मेलामा अभिभावकलाई आ-आफ्ना विद्यालयमा पढाउन फोर्स गरिएको पाण्डेले बताए । त्यसैले मेला रोकेर सबै स्टल बन्द गराएको उनले बताए । मेलामा ७५ भन्दा बढी निजी शैक्षिक संस्थाका स्टलहरू राखिएका थिए । असार तीन गते सम्म मेला सञ्चालन गर्ने भन्दै विभिन्न सञ्चार माध्यममा वित्रापन गरिएको थियो । 

प्रतिक्रिया