Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

एक हजार छ सय ६४ विद्यालय थपिए

सोमबार, १५ जेठ २०८०

काठमाडौं - शैक्षिक सत्र २०७९ मा एक हजार छ सय ६४ वटा विद्यालय थप भएका छन् । थपिएको उक्त विद्यालयको संख्या सहित अहिले विद्यालयको कूल संख्या ३४ हजार ३६८ बाट बढेर ३६ हजार ३२ पुगेको छ । सरकारले सार्वजनिक गरेको २०७९ को आर्थिक सर्वेक्षण अनुसार थपिएका विद्यालयहरु मध्ये सामुदायिक विद्यालयको प्रतिशत ७५.९, संस्थागत विद्यालयको प्रतिशत २०.५ र परम्परागत तथा धार्मिक विद्यालय ३.६ प्रतिशत रहेको छ ।

सामुदायिकबाट संस्थागत सर्ने क्रम बढ्दो

तथ्यांकले सामुदायिक विद्यालयबाट संस्थागत विद्यालयमा सर्ने विद्यार्थी संख्या बढिरहेको देखाएको छ ।

शैक्षिक सत्र २०७९ मा आधारभूत तह(कक्षा १–५ ) का कूल विद्यार्थीमध्ये ७०.० प्रतिशत सामुदायिक विद्यालयमा भर्ना भएका थिए । तर कक्षा बढ्दै जाँदा सामुदायिक विद्यालयबाट संस्थागत विद्यालयमा सर्ने क्रम बढ्दो देखिएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षण्मा भनिएको छ, ‘विद्यार्थीको बढी आर्कषण हुने विज्ञान, व्यवस्थापन जस्ता ऐच्छिक विषयहरु सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा हुने कारणले संस्थागत विद्यालयको माध्यमिक तह(९–१०) को तुलनामा माध्यमिक तह(११–१२) मा भर्ना हुने विद्यार्थीको अंशमा सिमान्त वृद्धि भएको छ ।’

यो पनि पढ्नुहोस् : अझ पनि झण्डै ४ प्रतिशत विद्यार्थी विद्यालय बाहिर

पूर्व प्राथमिक कक्षामा वृद्धि तर कक्षा १ प्रवेश गर्ने विद्यार्थी दर घट्दो

प्रतिक्रिया