Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयका अपराध गर्नेहरुलाई दण्डित गर्नु पर्ने हो की सम्मान !

शुक्रबार, १५ बैशाख २०८०

काठमाडौं - सामुदायिक विद्यालयमा आवश्यकता अनुसार शिक्षक दरबन्दी नभएको विषयलाई सांसद प्रभु साहले अपराधको संज्ञा दिएका छन् । यस्तो अवस्थामा पुर्याउने शिक्षा मन्त्रालयका अपराध गर्नेहरुलाई दण्डित गर्नु पर्ने हो की सम्मान भन्दै शुक्रबारको संसद बैठकमा उनले प्रश्न उठाएका छन् । 

केही दिन अघि रौतहतको एउटा विद्यालयमा भ्रमण गर्न गएको स्मरण गर्दै उनले २२ सय विद्यार्थी भएको विद्यालयमा १२ जना शिक्षक मात्रै भएको उल्लेख गरे । विद्यार्थीको संख्याका आधारमा झण्डै ४४ भन्दा बढि शिक्षक हुनु पर्नेमा १२ जना मात्रै हुनु विडम्बना भएको उल्लेख गरे । उक्त विद्यालय रहेको पालिकासँग बुझ्दा ८ हजार विद्यार्थी रहेकोमा शिक्षक दरबन्दी ६८ जना मात्रै रहेको पाईएको उनले बताए । 

'समाजको विकास गर्ने शिक्षालाई यसरी यो हातलमा पुर्याउने को होला ?' प्रश्न गर्दै उनले भने  'हालैको जनगणनामा ७३ प्रतिशत साक्षरता दर छ,  तराई मधेसको ६३ प्रतिशत छ, जो शिक्षाको जननी भूमि हो त्यो कसरी पछाडि भयो ? कसको दोष हो ?' 

यो घटना रौतहटको मात्रै नभएर देशका प्राय सबै पालिकाको स्थिती यही रहेको उल्लेख गर्दै उनले शिक्षामा किन विकर्षण पैदा भईरहेको छ भन्ने तर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गरे । 

'नेपालबाट यो आठ महिना यता ५०/ ६० अर्व रुपैंया विदेश गयो, विद्यार्थीका जिवन वर्वाद गर्ने निकायलाई सामान्य गल्ति भन्छौं कि अपराध भन्छौं' उनले भने 'सबै बालबालिकाको भविष्यलाई ध्वस्त पार्ने देशलाई ध्वस्त पार्ने आउने भविष्यलाई ध्वस्त पार्ने सम्बन्धित निकायको जवाफ चाहन्छौं ।' 

 

प्रतिक्रिया