Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

शिक्षक तथा विद्यार्थीको सुरक्षामा ध्यान

विहीबार, २१ जेठ २०७२

काठमाडौं २१ जेठ / विद्यालय तथा शैक्षिक संस्थाहरुले पठन पाठन गर्दा शिक्षक तथा विद्यार्थीको सुरक्षालाई ध्यान दिन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । भूकम्प पछि प्राविधिक रुपमा जाँच नगरिएका भवनहरुका पठन पाठन गराएको गुनासो आएको भन्दै मन्त्रालयले भूकम्पबाट प्रभावित भवनहरुको प्राविधिक रुपमा परीक्षण गराई सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म कुनै पनि कृयाकलाप सञ्चालन नगर्न भनेको छ ।

वैशाख १२ को भूकम्प र त्यस पछिका पराकम्पनका कारण विद्यालय तथा शैक्षिक संस्थाहरुमा क्षती पुगे पनि शैक्षिक कृयाकलाप शुरु भईसकेको अवस्थामा सुरक्षामा ध्यान दिन मन्त्रालयले भनेको हो । मन्त्रालयका प्रवक्ता डा.हरी लम्सालद्धारा जारी विज्ञप्तिमा यस्तो अवस्थामा वैकल्पिक सिकाई केन्द्रहरु निर्माण गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न भनिएको छ ।

जेठ १७ बाट विद्यालय, जेठ २० गतेबाट कक्षा १२ को परीक्षा, जेठ २५ गतेबाट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का परीक्षा र जेठ ३१ ग्तेबाट त्रुभुवन विश्वविद्यालय अन्र्तगतका परीक्षा सञ्चालन गर्न लागिएको भन्दै विज्ञप्तिमा सुरक्षामा ध्यान दिन जोड दिईएको छ ।

प्रतिक्रिया