Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यालयद्धारा अभिभावकसंग इन्धन माग 

सोमबार, १४ मंसिर २०७२

काठमाडौँ, १४ मंसिर । इन्धन अभावको बहानामा राजधानीका कतिपय विद्यालयले अभिभावकहरुलाई दुःख दिन थालेका छन् ।   राजधानीमा सञ्चालित अधिकांश विद्यालयले इन्धन अभावले विद्यालयको सवारी साधन सञ्चालन गर्न नसक्ने भएपछि अभिभावकसंग अनुरोध गरेर इन्धन मागेको प्रमाण नै फेला परेको हो ।  

अधिकांश विद्यालयले सरकारले तोकेअनुसार १ सय ८० दिनसम्म विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै इन्धन जोहो गर्न थालेका हुन् ।    जाडो बिदाअघि डिसेम्बर अन्तिमसम्म जसरी पनि कक्षा सञ्चालन गरेरै छाड्ने र सो अवधिअघि विद्यालय सञ्चालन गर्न इन्धनको आवश्यक पर्ने भन्दै अभिभावकलाई पत्र पठाएर यसरी आग्रह गरिएको हो । 

ललितपुरको शुभधारा स्कुलले विद्यार्थीलाई मंसिर १० गते पत्र पठाएर ५ लिटर डिजल उपलब्ध गराईदिन आग्रह गरेको छ।   दैनिक २ सय ५० लिटर इन्धन आवश्यकता पर्ने भएकाले सकेसम्म प्रतिविद्यार्थी ५ लिटर डिजल उपलब्ध गराईदिन आग्रह गर्दछौँ  भन्दै पत्र पठाइएको छ ।  

सो कुरा स्वीकार गर्दै विद्यालयका ट्रान्सर्पोट मेनेजर अशोक केसीले बाध्ययताले इन्धन मागिएको बताए ।  

(आजको नेपाल समाचारपत्रमा इश्वरराज ढकालले समाचार लेखेका छन्।)

प्रतिक्रिया