Edukhabar
मंगलबार, ११ मंसिर २०८१
खबर/फिचर

कक्षा १२ पुरकको परीक्षाफल प्रकाशित : ९२ हजार ४४ को ग्रेडवृद्वि

शुक्रबार, ०९ मंसिर २०७९

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्वि (पुरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

भदौ ३० र ३१ गते सञ्चालन गरिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशन गरेको हो ।

परीक्षामा ७२ दशमलव ६७ प्रतिशत अर्थात ९२ हजार ४४ जना परीक्षार्थीको ग्रेडवृद्धि गरिएको बोर्डले जनाएको छ ।

ग्रेडवृद्वि परीक्षामा १ लाख २६ लाख ६ सय ५३ जना सहभागी भएका थिए । परीक्षामा सहभागी मध्ये ३४ हजार ६०९ जना अर्थात् २७ दशमलव ३२ प्रतिशत परीक्षार्थीको ग्रेडवृद्धि हुन नसकेको बोर्डले जनाएको छ । ६ जनाको परीक्षाफल भने रद्द गरिएको छ ।

परीक्षाको परीक्षाफल बोर्डको वेभसाइटमा हेर्न सकिन्छ ।

प्रतिक्रिया