Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कागज नपाएको भन्दै जनक शिक्षाले पुस्तक छापेन 

आइतबार, १३ मंसिर २०७२

काठमाडौं, १३ मंसिर । कर्मचारी विवाद र कागज नभएको भन्दै जनक शिक्षा सामग्री लिमिटेडले गत साउन यता दैनिक ४० लाख रुपैयाँ गुमाउँदै आएको छ । 

सामुदायिक विद्यालय अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षाले चुस्त, दुरुस्त काम गर्न नसक्दा एकातिर दैनिक ४० लाख रुपैयाँभन्दा बढी गुमाइरहेको छ भने अर्कोतिर सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कसरी पाठ्यपुस्तक पुर्‍याउने भन्ने समस्या सिर्जना भएको छ । 

कम्पनी व्यवस्थापनले कहिले कर्मचारी विवाद सल्टाउने र कहिले गुणस्तरीय कागज नपाएको भन्दै पाठ्यपुस्तक छापेको छैन् । 

(आजको नागरिक दैनिकमा प्रकाशित समाचार)

 

प्रतिक्रिया