Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

अंग्रेजी विषय शिक्षकहरुद्वारा जिल्ला कार्यसमिति गठन

सोमबार, ०५ बैशाख २०७९

भक्तपुर - अँग्रेजी विषय पढाउँदै आएका शिक्षकहरुको एक भेलाले ईङ्लिस ल्याङ्गवेज टिचर्स एशोसियसन ‘नेल्टा’ भक्तपुरको गठन गरेको छ । जिल्लाका सबै चारवटै नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका अंग्रेजी विषय शिक्षकहरुको शनिबार भएको भेलाले महेन्द्र शान्ति माध्यमिक विद्यादय बालकोटका प्रधानाध्यापक एवम् अंग्रेजी शिक्षक गोपाल विक्रम थापाको अध्यक्षतामा १५ सदस्यीय नेल्टा जिल्ला कार्यसमिति चयन गरेको हो ।

सानोठिमी स्थित आदर्श माध्यमिक विद्यालयमा सम्पन्न भेलाले कार्यसमितिको उपाध्यक्षमा कुमार कट्टेल, सचिवमा टंकनाथ आचार्य, सहसचिवमा गंगादत्त भट्ट, कोषाध्यक्षमा जमुना कुँवरलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा कुवेर भट्टराई, शोभा नेपाल, बनिना राई, दिपक चपाई, खगेन्द्र धमला, कुमार श्रेष्ठ, राजेश कुमार दाहाल, नवराज सापकोटा, सुमिता लामा र सेमन्तराज सुवेदी चयन भएका छन् ।

नयाँ कार्यसमिति गठन हुनु अघि ‘नेल्टा’ का केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान, पुर्व अध्यक्ष हेमन्तराज दाहाल, वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवाली, सचिव भरतबाबु खनाल, राष्ट्रिय कार्यक्रम संयोजक विकास रिमाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी अधिकृत कुन्ति अधिकारी, शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अधिकृत परशुराम तिवारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया