Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

यस बर्षको एसएलसी सर्न सक्ने !

आइतबार, १३ मंसिर २०७२

काठमाडौँ, १३ मंसिर । मधेसी मोर्चाको बन्द र भारतको नाकाबन्दीले पठनपाठनमा समस्या भएपछि यस बर्षको एसएलसी सर्न सक्ने देखिएको छ।   जारी आन्दोलनका कारण बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, र सिराहामा गरी करिब १३ लाख विद्यार्थी प्रभावित बनेका छन् । 

मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक कृष्ण काप्रिका अनुसार यी जिल्लाबाट झन्डै १ लाखको हाराहारीमा विद्यार्थी सहभागी हुदैछन् । 

एसएलसी सार्न विज्ञको सुझाव 

पठनपाठन प्रभावित भएपछि शिक्षा क्षेत्रका विज्ञहरुले तराई मधेसमा एसएलसी सार्न सुझाव दिएका छन् । यसअघि महोत्तरीमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आयोजना गरेको साझा बहस कार्यक्रममा सहभागी सरोकारवालाहरुले तराई मधेसमा पठन पाठन नसकिएकाले एसएलसी परिक्षा केही पछाडी सार्न सुझाव दिएका थिए । 

एसएलसी तालिका सार्वजनिक तत्काल नहुने 

शिक्षा मन्त्रालयले एसएलसी परिक्षासम्बन्धि सुचना केही समय प्रकाशित नगर्न परिक्षा नियन्त्रण कार्यालयलाई अनौपचारिक आग्रह गरेको छ। 

मन्त्रालयको आग्रहपछि परिक्षा नियन्त्रण कार्यालयले तत्काल सुचना स्थगित गरेको छ।   पनिकाले चैत पहिलो साता परिक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गर्ने तयारी गरेको छ। 

कोचिङ दिएर पनि कोर्स सकाइने 

शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा दुई सय २० दिन विद्यालय खुल्नुपर्ने र एक सय ९० दिन पढाई हुनैपर्ने व्यवस्था छ ।  भूकम्पका बेला अति प्रभावित जिल्लामा केही समय पढाई प्रभावित भएकोमा त्यो समायोजन गर्न यतिबेला धेरैलाई हम्मे हम्मे भइरहेको छ। 

यस्तै तराईका जिल्लामा तीन महिनाभन्दा बढी सयम विद्यालय ठप्पै रहे ।अहिले विहानी सत्रमा विद्यालय सञ्चालनमा आएपनि यसरी कोर्स सकिन गाह्रो  छ। यसका लागी कोचिङ (अतिरिक्त समय पढाएर) दिएर पनि कोर्स सकाउने मन्त्रालयले सुर्कूलर गरेको छ। 

यसका बीचमा चैत्रको अन्तिम साता मात्र एसएलसी परिक्षाको तालिका सार्वजनिक हुने छ । यस बर्षको शैक्षिक सत्र सर्न सक्ने धेरैको आशंकाका बीचमा शैक्षिक सत्र कुनै हालतमा पनि नसर्ने मन्त्रालयले स्पष्ट पारिसकेको छ। 

(आजको नयाँपत्रिका दैनिकमा भवानीश्वर गौतमले समाचार लेखेका छन्।)

प्रतिक्रिया