Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

इसीडी, विद्यालय कर्मचारी र लेखापालको तलब भत्ता वृद्धि

बुधबार, २२ मंसिर २०७८

रामेछाप - उमाकुण्ड गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी), विद्यालय सहयोगी कर्मचारी र लेखापालको तलब भत्ता वृद्धि गरेको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले गत साउन १ गतेबाट लागु हुने गरी सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता, कार्यालय सहयोगी र विद्यालय सहायक (लेखापाल), सामुदायिक अध्ययन केन्द्र सिकाइ सहजकर्ताको तलब वृद्धिको निर्णय गरेको हो । 

जस अनुसार संघीय सरकारले इसीडी शिक्षक र आधारभूत तहको विद्यालय सहयोगी कर्मचारीलाई दिएको आठ हजारमा गाउँपालिकाले सात हजार रूपैयाँ थप गरेर १५ हजार पु¥याएको छ । माध्यमिक तहमा कार्यरत विद्यालय सहयोगी कर्मचारीलाई संघीय सरकारले दिएको आठ हजारमा गाउँपालिकाले नौ हजार रूपैयाँ थप गरेर १७ हजार पु¥याएको छ । माध्यमिक विद्यालयको लेखा कर्मचारीलाई दिएको १३ हजार पाँच सयमा गाउँपालिकाले सात हजार नौ सय ८० रुपैंया थप गरेर २१ हजार चार सय ८० रुपैंया पुर्याएको छ । यस्तै माध्यमिक विद्यालय तहको कार्यालय सहयोगीको संघीय सरकारले दिएको आठ हजारमा नौ हजार थपेर १७ हजार पुर्याईएको छ । सामुदायिक अध्ययन केन्द्र सिकाइ सहजकर्तालाई संघीय सरकारले दिदैं आएको आठ हजारमा पालिकाले सात हजार थप गरेर १५ हजार पुर्याईएको छ । 

पालिका भित्र मावि तहको लेखापाल र कार्यालय सहयोगी ७ ७ जना छन् । विद्यालय सहयोगी कर्मचारी ३८ जना, बालविकास सहजकर्ता २७ जना र सिकाइ सहजकर्ता चार जना रहेको पालिकाले जनाएको छ ।  
चालु आर्थिक बर्षको बजेटमा प्रारम्भिक बाल विकासका स्वयंसेवक र विद्यालय कर्मचारीलाई न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने उल्लेख भए अनुसार पालिकाले उक्त निर्णय गरेको हो । 

न्यूनतम पारिश्रमिक भन्दा कम हुन आउने रकमका लागि सरकारले बजेटमा ५ अर्ब ५५ करोड रुपैंया विनियोजन गरेको छ । सोही रकमबाट बढि हुन आउने रकम सम्बन्धि पालिकाले व्यहोर्नु पर्ने गरी बजेटमा व्यवस्था गरिएको थियो । सोही व्यवस्था अनुसार उमाकुण्ड गाउँपालिकाले गाउँपालिका कोषबाट रकमको व्यवस्था गरेको हो । 

प्रतिक्रिया