Edukhabar
सोमबार, १० मंसिर २०८१
खबर/फिचर

भूकम्पले विद्यालय बन्द हुँदाको शुल्क नलिन फेरी माग

शनिबार, २३ जेठ २०७२

काठमाडौं २३ जेठ / बिभिन्न विद्यार्थी संगठनहरुले भूकम्पको कारणले विद्यालय बन्द भएको अवधिको शुल्क नलिन फेरी माग गरेका छन् । यसका लागि शिक्षा मन्त्रालयले कार्यान्वयनको पहल गरिदिनुपर्ने उनीहरुको माग छ । 

निजी विद्यालयहरुले लिने शुल्क ब्यवस्थित गर्न आन्दोलनरत विद्यार्थी संगठनको शनिबार बसेको बैठकले गत बैशाख ६ गते मन्त्रालयसंग भएको १० बुँदे सहमती कार्यान्वयनका लागि ३ दिने अल्टिमेटम पनि दिएको छ । पढ्नुहोस् निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता, मन्त्रालयद्धारा टालटुले सहमती

बैठक पछि जारी विज्ञप्तिमा भूकम्पका कारण क्षती भएका नीजि विद्यालयहरुले आफू खुसी परीक्षण गराई कक्षा सञ्चालन गरेको सुन्नमा आएको भन्दै सरकारबाट मान्यता प्राप्त प्राविधिक मार्फत परीक्षण गराई कक्षा सञ्चालनको बातावरण बनाउन सरकारको ध्यानाकर्षण समेत गरको छ ।
यस्तै भुकम्पका कारण अभिभावक गुमाएका बालबालिकाको आवासीय पठन पाठनको ब्यवस्था मिलाउन सरकारसंग माग पनि गरेको छ ।

 

प्रतिक्रिया