Edukhabar
आइतबार, ०६ असोज २०८१
गतिविधि

शिक्षकलाई स्वेच्छिक अवकास योजना, तीन लाख सम्म थप सुविधा

विहीबार, १९ चैत्र २०७७

ललितपुर - ५० बर्ष उमेर पुगेका सामुदायिक विद्यालयका स्थायी शिक्षकलाई लक्षित गर्दै ललितपुर महानगरपालिकाले स्वेच्छिक अवकाश योजना ल्याएको छ । यसका लागि सेवा अवधिका आधारमा थप सुविधा उपलब्ध गराईने नगर शिक्षा समितिले निर्णय गरेको छ । 

अवकास लिन चाहने शिक्षकलाई बाँकी सेवा अवधिका आधारमा एक लाख देखि तीन लाख रुपैंया सम्म उपलब्ध गराउने निर्णय भएको महानगरपालिकाका शिक्षाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले जनाएका छन् । आगामी साउनलाई आधार महिना मानेर सेवा अवधि बाँकी रहेको गणना गरिने छ । जस अनुसार आगामी साउन पछि १ बर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुका लागि एक लाख, दुई बर्ष सेवा अवधि बाँकी रहेकालाई एक लाख ५० हजार, तीन वर्ष बाँकी रहेकालाई दुई लाख, चार वर्ष बाँकी रहेकालाई दुई लाख ५० हजार र पाँचदेखि १० वर्ष सम्म सेवा अवधि बाँकी रहेका शिक्षकलाई तीन लाख रुपैयाँ दिने महानगरले घोषणा गरेको छ ।

स्वेच्छिक अवकाश लिन चाहने शिक्षकले ३० दिन भित्र कागजात सहिते शिक्षा महाशाखामा निवेदन दिनु पर्ने गरी बिहीबार महानगरपालिकाले सूचना जारी गरेको छ । शिक्षा मन्त्रालयले शुरु गरेको शिक्षक दरबन्दी मिलानलाई सहज बनाउन योजना ल्याईएको महानगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया