Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

चार दिनमा ७४ विद्यार्थीमा कोभिड संक्रमण, परीक्षा स्थगित

विहीबार, १२ चैत्र २०७७

पोखरा - मिल्दो जुल्दो लक्षण देखिएका कारण वितेका चार दिनमा गरिएको नमूना परीक्षणमा ७४ विद्यार्थीमा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भए पछि इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरमा सञ्चालित परीक्षा स्थगित गरिएको छ । क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा जारी थियो । 

विद्यार्थीमा समान लक्षण देखिए पछि अघिल्लो मंगलबार एक विद्यार्थीको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । ति विद्यार्थीको सम्पर्कमा आएका १९ जना विद्यार्थीको बुधबार गरिएको परीक्षणमा ७ जनामा संक्रमण फेला परेको थियो । त्यसपछि  शुक्रबार गरिएको १ सय १८ विद्यार्थीको परीक्षण मध्ये ३२ जनामा र शनिबार संकलन गरिएको छ सय ३५ विद्यार्थीको मध्ये ३४ जनामा संक्रमण पुष्टि भएको क्याम्पसले जनाएको छ । 

त्यस पछि परीक्षा स्थगित गरेर क्याम्पसले आन्तरिक स्रोतबाट आइसोलेसन लगायत सुरक्षाका उपाय अवलम्बन गरेको जनाएको छ । 

संक्रमितहरुलाई आईसोलेसनमा र संक्रमित नभएकाहरुलाई घरमै बस्न भनेर क्याम्पसले चौथो वर्षको परीक्षा शुक्रबार देखि गर्ने तयारी गरेको जनाएको छ । क्याम्पसमा झण्डै एक हजार ८ सय विद्यार्थी अध्ययनरत छन् । 

 

प्रतिक्रिया