Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

पुरै अवधि विद्यालय खोल्न अनुमति

आइतबार, १८ माघ २०७७

पोखरा - कोरोना भाईरस कोभिड १९ जोखिमलाई मध्यनजर गर्दै यस अघि दिनको चार घण्टा पठनपाठन गर्न स्विकृति दिएको पोखरा महानगरपालिकाले अब पुरै अवधि साविककै शैलीमा नियमित कक्षा सञ्चालन गर्न अनुमति दिएको छ । दुई महिना अघि गत मंसिर १८ गते देखि स्वास्थ्य मापदण्ड पालना गर्दै दैनिक चार घण्टा पठनपाठनको अनुमति दिईएकोमा गत बुधबार बसेको नगर शिक्षा समितिको बैठकले नियमित पठनपाठन गर्ने अनुमति दिएको हो । 

नियमित पठनपाठन गर्दा पनि स्वास्थ्य सम्बन्धि मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने सर्त यथावत राखिएको शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिएका छन् । यो अनुमति संगै कोचिङ्, ट्युसन, भाषा कक्षा तथा पूर्व प्राथमिक कक्षाहरु साविककै शैलीमा सञ्चालन गर्न सकिने जनाइएको छ ।  

प्रतिक्रिया