Edukhabar
आइतबार, ०६ असोज २०८१
गतिविधि

भर्चुअल रुपमा योग दिवस मनाउने तयारी

आइतबार, १९ पुस २०७७

काठमाडौं - कोरोना महामारी कायमै रहेको भन्दै यस बर्षको योग दिवस भर्चुअल रुपमा मनाउने तयारी गरेको शिक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आईतबार बसेको बैठकमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वाथ्य मापदण्ड पालना गरी दिवस मनाईने बताए । योगका क्षेत्रमा कृयाशिल संस्थाका प्रतिनिधि सहित सरोकारवालाहरुको बैठकमा सचिव गोपीनाथ मैनालीले भर्चुअल माध्यमबाट दिवस मनाउने तयारी भैरहेको बताए । मन्त्री श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रुपमा लिनु पर्ने बताएका उनको सचिवालयले जनाएको छ । 

मन्त्रालयले हरेक वर्ष माघ १ गते दिवस मनाउदै आएको छ । मूल समारोह समितिका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले दिवसको आदर्श वाक्य तय गर्न उपसमिति गठन गरी राष्ट्रब्यापी रुपमै दिवस मनाउने बताए । आदर्श वाक्य तय गरे पछि मूल कार्यक्रम सार्वजनिक गरिने छ । मन्त्रालयको अगुवाईमा विगत ६ वर्षदेखि दिवस मनाईदै आएको छ । 

दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय मार्फत् प्रदेश स्तरमा पत्राचार गर्ने, संघीय मन्त्रालय मार्फत सबै स्थानीय तहलाई अनुरोध गर्ने, जूम मार्फत योग शिविर सञ्चालन गर्ने लगायतका कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया