Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शैक्षिक गीत सार्वजनिक

आइतबार, १९ पुस २०७७

काठमाडौं - शिक्षा अधिकार र जीवन उपयोगि शिक्षाको आवश्यकताका बारेमा केन्द्रित शैक्षिक गीत सार्वजनिक भएको छ । शिक्षक, विद्यालय, राज्य, नेतृत्व, परीक्षा प्रणाली लगायत शिक्षाको समग्र प्रणालीलाई प्रश्न गर्दै गीतमा आफ्नै माटो सुहाउँदो शिक्षाको माग गरिएको छ । गीतमा आफ्नै माटो सुहाउँदो शिक्षाको माग गरिएको छ । शिक्षा अधिकार र सुधारका पक्षमा कृयाशिल रतन देवकोटाले गाएको यो गीतको रचना तथा संगीत पनि देवकोटाकै हो ।  

“यो कस्तो शिक्षा हो ?” बोलको गीतको म्युजिक भिडियो समेत युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा ५५ जिल्लाका ६० जातजातिका झण्डै दुई सय जना बालबालिकाले अभिनय गरेका छन् ।

अभिनय गर्ने शिक्षक र बालबालिका खोटाङको डाँडागाउँमा अवस्थित शुभम् फाउण्डेशनका हुन् । गुणस्तरीय तथा वैकल्पिक शिक्षाको आवाज उठाउने अनय गीतहरु पनि क्रमैंसँग सार्वजनिक गर्ने योजना बनाएको याक देवकोटाले बताए । 

शिक्षामा अब परिर्वतन गर्ने बेला आएकोले शिक्षासँग जोडिएका सबै सरोकारवालालाई थप जिम्मेवार तथा परिर्वतनको बाटोमा सरिक बन्नको लागि शैक्षिक प्रश्न गरेको देवकोटाले बताए । गीतमा प्रश्न र आलोचन मात्रै समेटिएको छैन, गरिखाने अर्थात् वैकल्पिक शिक्षाको आवश्यकता समेत औंल्याईएको छ । कथा एक्सप्रेस मिडियाले उत्पादन गरेको म्युजिक भिडियोको निर्देशन केपि देवकोटाले गरेका हुन् । 

 

प्रतिक्रिया