Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षक कर्मचारीलाई कोभिड खोप : निजीका समेत समेटेर विवरण पठाउन पत्राचार

शुक्रबार, १० पुस २०७७

भक्तपुर - कोरोना भाईरस (कोभिड- १९) को खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई परिपत्र गरेको छ । खोपका लागि शिक्षकलाई कुन प्राथमिकतामा राख्ने भन्ने तय हुन बाँकी नै रहे पनि विवरण संकलनको काम शुरु गर्न लागिएको केन्द्रले जनाएको छ । 

स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले उक्त प्रकृया शुरु गरेको हो । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता देखि संस्थागत विद्यालयको मन्टेसरी स्तर सम्मकै शिक्षक कर्मचारीको विवरण पठाउन केन्द्रले ढाँचा सहित पत्राचार गरेको हो । 

शिक्षक कर्मचारीको नाम, संकेत नम्बर, फोन नम्बर, विद्यालयको नाम, पद, तह, नियुक्ति मिति सहितको विवरण संकलन गर्न भनिएको छ । 

प्रतिक्रिया