Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षक हत्या : गम्भिर अपराधको रुपमा व्याख्या, दोषीलाई कानूनी दायरामा ल्याउन ध्यानाकर्षण

विहीबार, २५ मंसिर २०७७

काठमाडौं - असहमती राखेकै आधारमा कसैको हत्या गर्नुलाई राष्ट्रिय मानव अधिकार आयोगले गम्भिर अपराधको रुपमा व्याख्या गर्दै शिक्षक राजेन्द्र कुमार श्रेष्ठको हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । मोरङ्को मिक्लाजुङ गाउँपालिका १, स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको गत मंगलबार हत्या भएको थियो । 

उक्त घटनका बारेमा आयोगको प्रदेश कार्यालय विराटनगरले अनुगमन शुरु गरेको आयोगका प्रवक्त डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राज्य विरुद्ध विद्रोह गरेको दावी गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मंगलबार श्रेष्ठ हत्याको जिम्मेवारी लिएको छ ।  घटनाको चौतर्फी विरोध भएको छ । आयोगले पनि उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मान पूर्वक बाँच्न पउने हकको सुनिश्चितता गरेको स्मरण गराएको छ । आफ्ना विचारहरुमा असहमती राख्ने प्रति असहिष्णु भई हत्या हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोगले उक्त समूहलाई आग्रह गरेको छ । घटनामा संलग्न दाषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतीपूर्ति उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ । 

घरबाटै अपहरण गरेर लगिएका श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो । शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रहरीले जनाएको छ । 

घटना पछि अधिकाँश व्यक्तिले माओवादी शसस्त्र द्वन्द्वका बेला लम्जुङ्का शिक्षक मुक्तिनाथ अधिकारीको हत्याको घटनालाई स्मरण गरेका छन् । अधिकारीलाई तत्कालिन माओवादीले घर नजिकै रुखमा झुण्ड्याएर घाँटि रेटि आततायी तरिकाले हत्या गरेका थिए । त्यही दल अहिले सत्तामा भएका बेला उतिखेर त्यही पार्टिका मुख्य नेता विप्लवले उक्त समूहको नेतृत्व गरिरहेका छन् । 

श्रेष्ठको हत्याको विरोध गर्दै शिक्षकहरुको छाता संस्था नेपाल शिक्षक महासंघले घटनालाई क्रुर र कायरताको संज्ञा दिएको छ । 

प्रतिक्रिया