Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

सबै विद्यालयमा नेपाल भाषा पढाउन ताकेता

सोमबार, १७ कार्तिक २०७७

काठमाडौं - आफ्नो क्षेत्र भित्रका सबै विद्यालयहरुमा नेपाल भाषाको पठनपाठन गराउन काठमाडौं महानगरपालिले ताकेता गरेको छ । आईताबर सबै विद्यालयहरुलाई पत्र पठाएर महानगरले यस अघि नै भएको निर्णय चालु शैक्षिक सत्र देखिनै कार्यान्वयन भएको भन्दै सो अनुसार गर्न विद्यालयहरुलाई ताकेता गरेको हो । 

गत असोज १९ गते बसेको नगरकार्यपालिकाको ५१ औं बैठकले महानगर क्षेत्र भित्रका सबै विद्यालयहमा कक्षा १ देखि ८ सम्म नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो । स्थानीय पाठ्यक्रम अन्र्तगत नेपाल भाषाको पठनपाठन गर्न र त्यसका लागि तयार पाठ्यक्रम लैजान पनि महानगरले विद्यालयहरुलाई सूचित गरेको छ ।

संविधानले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेसँगै स्थानीय विषयको पाठ्यक्रम स्थानीय सरकारबाटै निर्माण गरी लागू गर्न लागिएको हो । स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरूबारे महानगरवासीलाई जानकारी दिने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने गरी महानगरको सातौं नगरसभाले निर्णय गरेको थियो ।    

महानगर क्षेत्र भित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीले अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने महानगरको नीति छ । महानगर भित्र ९२ वटा सामुदायिक र ६ सय ४० निजी विद्यालय छन् । 

प्रतिक्रिया