Edukhabar
आइतबार, ०६ असोज २०८१
गतिविधि

शिक्षा मन्त्री डिस्चार्ज, अब कम्तिमा पाँच दिन निवासकै आइसोलेसनमा बस्ने

सोमबार, ०३ कार्तिक २०७७

काठमाडौं - कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएको १० औं दिनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल डिस्चार्ज भएका छन् । गत असोज २४ गते शनिवार राती पाटन अस्पताल भर्ना भएका पोखरेलको स्वास्थ्यमा राम्रो सुधार भए पछि डिस्चार्ज भएका उनको सचिवालय श्रोतले जनाएको छ । 

शुरुमा स्वास्थ्यमा केही समस्या आए पनि राम्रो गतीमा सुधार देखिए पछि सोमबार साँझ उनी डिस्चार्ज भएका हुन् । अब कम्तिमा पाँच दिन आइसोलेसनमा बस्ने गरी स्वावको नमूना दिएर उनी पूल्चोक स्थित निवासमा फर्केका छन् ।   

कोभिड संक्रमणको दर बढ्दै गएको अवस्थामा आफूलाई सुधार हुँदै गए पछि अस्पतालको बेड ओगटेर बस्न उचित नहुने भन्दै उनी केही दिन अघि नै डिस्चार्ज हुन चाहेका थिए । 

'आम नागरिकमा कोरोना प्रतिको त्रास कम गर्न र स्वास्थ्य सावधानी अपनाए पछि अस्पतालमै बस्नु पर्छ भन्ने मान्यता नभएको शन्देश प्रवाह गर्न पनि उहाँ डिस्चार्ज हुन चाहनु भएको थियो, सावधानी अपनाएर बस्ने गरी स्विकृती दिए पछि उहाँ डिस्चार्ज हुनुभएको हो' अस्पताल श्रोतले भन्यो, 'आफू बसेको बेड अति आवश्यक परेको विरामीका लागि उपयोग हुने ठहर गर्दै उहाँ डिस्चार्ज हुनु भयो ।'

संक्रमणका कारण मन्त्रीसँगै अस्पतालमा रहेकी निजी सचिवालय सदस्य अश्मी कोइराला पनि डिस्चार्ज भएकी अस्पताल श्रोतले जनाएको छ । मन्त्रीलाई कोरोना देखिए पछि गरिएको परीक्षणमा उनका स्वकीय सचिव पुरन केसीलाई पनि पोजेटिभ देखिएको थियो । उनी ३ दिन देखि किर्तिपुर स्थित आर्युवेद अस्पतालको आईसोलेसनमा छन् । 

 

प्रतिक्रिया