Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

परीक्षा गर्ने निर्णय दुई मिटर दूरी, एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी

सोमबार, १५ भदौ २०७७

काठमाडौं - सरकारले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक गरे । 

'कोरोना महामारीका कारण रोकिएका परीक्षा नेपाल मेडिकल काउन्सिलले अब सञ्चालन गर्न सक्नेछ' सोमबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले भने ‘प्रत्येक परीक्षार्थीको चारै तर्फ कम्तिमा दुई दुई मिटर दूरी कायम रहने गरी एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी राखेर परीक्षा लिनु पर्नेछ ।’ 

स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सरकारले काउन्सिललाई निर्देशन दिएको बताउँदै उनले परीक्षार्थी परीक्षा केन्द्रसम्म आवत जावत र सुरक्षा व्यवस्था स्थानीय प्रशासनले मिलाउनु पर्ने बताए । 

प्रतिक्रिया