Edukhabar
आइतबार, ०६ असोज २०८१
गतिविधि

शिक्षक सेवा आयोगका पदाधिकारी छनौट गर्न सर्च कमिटि गठन

बुधबार, १० भदौ २०७७

काठमाडौं - सरकारले शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरुको छनौट गर्न सर्च कमिटि गठन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले कमिटि गठन गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतमा सर्च कमिटि गठन  गर्ने शिक्षा ऐनमा भएको व्यवस्था अनुसार कमिटि गठन भएको हो । आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा र मन्त्रालयका सचिव सञ्जय शर्मा रहेको उक्त कमिटिले अध्यक्ष र १ महिला सहित २ सदस्यका लागि ३ / ३ जनाको नाम सिफारिस गर्ने छ । *

४ बर्ष अघि नियुक्त आयोगका अध्यक्ष ताना गौतमको अवधि आगामी असोज १४ गते सकिदैं छ । आयोगका सदस्य ज्ञानी यादवको अवधि गत असार १७ गते सकिएको थियो भने अर्का सदस्य सिताराम पोखरेलको अवधि डेढ बर्ष अघि नै सकिएको थियो । अध्यक्ष र एक महिला सहित २ सदस्यमा अब नयाँ सेट नियुक्त हुने छ । 

आयोगको अध्यक्ष हुनका लागि विशिष्ठ श्रेणी अर्थात् नेपाल सरकारको सचिवबाट अवकाश प्राप्त स्नातकोत्तर तह पास भएको तथा ६५ बर्ष उमेर नकटेको व्यक्ति हुनु पर्ने प्रावधान छ । आयोगका अध्यक्ष गौतमको उमेर बाँकी नै भएकोले कमिटिले उनको नाम सिफारिस गरेका खण्डमा उनी दोहोरिने सम्भावना पनि छ । सदस्यका लागि स्नातकोत्तर गरी कानून, प्रशासन र शिक्षा क्षेत्रमा १५ बर्षको अनुभव भएको व्यक्ति हुनु पर्ने योग्यता छ । 

*सच्याईएको - सं.

प्रतिक्रिया