Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

तराईका विद्यार्थीको जाडो भगाउन दाउरा !

सोमबार, ०७ मंसिर २०७२

काठमाडौं - तराई क्षेत्रका विद्यालयहरुलाई सहुलियत दरमा दाउरा उपलब्ध गराईदिन शिक्षा मन्त्रालयले वन मन्त्रालयलाई अनुरोध गरेको छ ।

जाडोमा विहानी पख विद्यार्थीलाई सकस नहोस् भनेर आगोको ब्यवस्था गर्न उक्त निर्णय गरिएको मन्त्रालयले जनाएको छ । केही समय पछि नै तराईमा शुरु हुने सीतलहरबाट विद्यार्थीलाई जोगाउन मन्त्रालयले पूर्व तयारी गरेको जनाएको छ ।

'तराईका जिल्लाहरुमा विद्यालयहरुले आफ्ना पठनपाठनका कार्यहरु विहान सञ्चालन गर्न चाहेमा हिउँदको समयमा तराईमा अत्यधिक जाडो हुने भएकोले सो अवस्थालाई समेत मध्यनजर गरी विद्यालयले माग गरे अनुसार सहुलियत दरमा दाउरा उपलब्ध गराई आवश्यक सहयोग दिनु हुन अनुरोध छ', मन्त्रालयले पठाएको पत्रमा भनिएको छ ।

सचिव स्तरीय निर्णय अनुसार सोमबार पत्र पठाएको मन्त्रालयले जनाएको छ । 

आन्दोलनका कारण लामो समय बन्द भएका तराई क्षेत्रका विद्यालयलाई विहानी पख सञ्चालन गर्न दिने मधेसी मोर्चाको निर्णय अब्यवहारिक भएको भन्दै आलोचना भईरहेको छ ।

प्रकाशित मिति २०७२ मंसिर ७ गते

प्रतिक्रिया