Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बेलायत बसेका राईद्धारा विद्यार्थीलाई सहयोग  

सोमबार, ०७ मंसिर २०७२

काठमाडौँ, ७ मङ्सिर । भोजपुर घर भई हाल बेलायतमा बसोबास गर्दै आएका ओमनारायण राईले पाल्पाका पाँच विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् ।  उच्च शिक्षा अध्ययनका लागि पालुङमैनादी गाविसका पाँच विद्यार्थीलाई रु एक लाख २० हजार सहयोग गरेका हुन् ।  

राईले प्रभात माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्ने प्रवीण रणपाल, शोभा रणपाल, सागर विक, कमल रसाली र तिर्सना पराजुलीलाई सो सहयोग गरेका हुन् ।  “सो रकम प्रतिविद्यार्थी मासिक रु एक हजारका दरले पाँच जना विद्यार्थीलाई नै दिइएको छ”–विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवर भने । 

आर्थिक रुपले विपन्न, गरिब, दलित जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको राईले व्यक्त गरे । 

(रासस) 

 

प्रतिक्रिया