Edukhabar
आइतबार, ०९ मंसिर २०८१
बहस

बदलिँदो समयसँगै आएका सिकाइ सन्दर्भका अनुत्तरित प्रश्न

सोमबार, १९ जेठ २०७७

सम्पादकीय नोट : जारी प्रतिकुल अवस्था देखाएर बालबालिकाको सिकाइ र शिक्षण कृयाकलाप रोक्ने कुरा हुँदैन । बरु सिकाइ सहजीकरणको मुख्य कर्ता शिक्षकले गरेका र गर्नु पर्ने कार्यबारे चर्चा गर्नु जरुरी छ । संविधानले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेसँगै यी दुई पक्षले गर्ने प्रभावकारी कार्यबाट मात्रै बालबालिकाको सिकाइ सहज हुन सक्छ । तसर्थ शिक्षक र स्थानीय सरकारले भोगेका अड्चन, गर्नु पर्ने कार्य तथा गरेका असल अभ्यासका बारेमा चर्चा गर्न हामीले यो स्तम्भ शुरु गरेका हौं । यो साता स्थानीय  सरकार अन्र्तगत राप्ती सोनारी गाउँपालिका कार्यालय, बाँकेको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत  जीवन न्यौपाने :

कोरोना भाईरस कोभिड १९ को संक्रमणले विश्वलाई आक्रान्त बनाएको छ । यसको संक्रमणलाई फैलिन नदिन विश्वका करिब आधा जनसंख्यालाई घरभित्र थुनिएको अवस्था छ । यो सँगै विश्वमा विद्यालय उमेरका करोडौं बालबालिका विद्यालय जानबाट वञ्चित छ्न् । नेपालको सन्दर्भमा विद्यालय तहको शैक्षिक सत्रको सुरुमै भएको लकडाउनले गर्दा ठुलो समस्या सिर्जना भएको देखिन्छ । तत्काल विद्यालय शिक्षामा भएको असरलाई कम गर्न  विभिन्न विकल्पका बारेमा छलफलको शुरुवात पनि भएको छ । छलफलका विकल्प मध्ये अलि बढि चर्चा गरिएको विषय हो ‘अनलाइन तथा भर्चुअल कक्षा’ सञ्चालन । यसको सन्दर्भिकता र महत्वको बहस  दुई धारबाट देखिन्छ । एक अहिले भइहाल्छ भन्ने अतिवाद अर्को हुँदै हुँदैन भन्ने सकिर्णवाद । तथ्यमा आधारित बहस भन्दा पनि भावनामा आधारित बहस सुरु भएको छ ।

केहि तथ्य हेरौं

१.उच्चस्तरीय शिक्षा अयोगको प्रतिवेदन २०७५ अनुसार देशभर कम्प्युटर पुगेका सामुदायिक विद्यालयको संख्या १२ प्रतिशत मात्रै छ । इण्टरनेट सुविधा भएका विद्यालयहरु १३ प्रतिशत छन् । बिजुलीको सुविधा भएका विद्यालय ३५ प्रतिशत छ भने झण्डै २८ हजार सामुदायिक विद्यालय मध्ये केवल १० हजार सामुदायिक विद्यालयमा मात्रैकम्प्युटरको व्यवस्था छ ।

२.शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणको क्रममा २०७३ फागुनमा देशका २६ जिल्लाका १८२८ (सामुदायिक र नीजि) विद्यालयमा गरेको सर्वेक्षणका अनुसार ३२४ (१७.४ प्रतिशत) विद्यालयमा मात्र कम्प्युटरको पर्याप्तता रहेको फेला पारेको थियो । त्यसैगरी ३८० (२०.४ प्रतिशत) विद्यालयमा कुनै पनि सूचना प्रविधिका साधनको उपलब्धता नै छैन । बाँकी ११२४ विद्यालयमा कम्प्युटर भएको तर शिक्षण सिकाइमा प्रयोग नभएको अवस्था छ ।

३.युनेस्को काठमाडौंले सन् २०१५ मा २२ विद्यालयका २०१ शिक्षकमा (सामुदायिक र संस्थागत) गरेको नेपालका शिक्षकको आइसिटी तत्परता सर्वेक्षण (क्ष्ऋत् च्भबमष्लभकक) का अनुसार ४२.८ प्रतिशत शिक्षकले कक्षा कोठामा सूचना प्रविधिका साधनको प्रयोग कहिले पनि गरेका छैनन् । सोही सर्वेक्षणका अनुसार सामाजिक सञ्जालको प्रयोग गर्न सक्ने शिक्षक ६४ प्रतिशत छन् । अर्थात् ३६ प्रतिशत शिक्षकले सामाजिक सञ्जाल समेत चलाउँदैनन् ।

यसैगरी ७९.६ प्रतिशत शिक्षकले दैनिक रुपमा पाठ्यपुस्तकको प्रयोग प्रवचन विधिबाट मात्र शिक्षण गर्ने गरेको तथ्य पाइएको छ । १६.९ प्रतिशत शिक्षकलाई यसको प्रयोग र महत्वको बारेमै कुनै जानकारी छैन ।

(बुँदा नं २ र ३, मिति २०७५ भदौ ३१  मा एडुखबरमा प्रकाशित, शिक्षण सिकाइमा प्रविधि प्रयोगको अवस्था, समस्या र समाधान – देविराम आचार्यको लेखबाट साभार गरिएको)

नीति तथा कार्यक्रम हेरौं

१. नेपालको संविधान (प्रत्येक नागरिकलाई शिक्षाको हक हुने, मौलिक हक, धारा ३१ )

२. शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९( दुर शिक्षा प्रणाली मार्फत शिक्षा दिन सकिने )

३. विद्यालय शिक्षामा सुचाना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धी निर्देशिका, २०६९ ( विद्यालयका सबै गतिविधीमा सुचना प्रविधको प्रयोगमा जोड दिने )

४. वार्षिक बजेट तथा कार्यक्रम (पछिल्लो केही वर्ष यता सूचना प्रविधि पुस्तकालय स्थापन गर्ने गरि माध्यमिक तहका केहि विद्यालयमा क्ष्ऋत् बिद स्थापन गर्न वार्षिक छ लाख पचास हजार अनुदान उपलब्ध गराउने गरेको )

५. पन्ध्रौं योजना ( खुला तथा दुर शिक्षाको विस्तार र  सुदृढीकरण गर्ने )

६. शिक्षा तथा मानवस्रोत विकास केन्द्र ( शिक्षक तालिम अनलाइन मोडको प्रयोग )

७. सन् २००७ मा यलभ बिउतयउ उभच अजष्मि कार्यक्रम छानिएका केहि विद्यालयमा लागु गरिएको

सम्भावना

परम्परागत रुपमा सञ्चालन हुने सिकाइ क्रियाकलाप भन्दा अलि फरक तथा  सूचना प्रविधिको प्रयोग गरि कक्षा सञ्चालन गर्नु अनलाइन कक्षा हो । अनलाइनको शिक्षणको  उच्च शिक्षामा अहिलेनै शुरूवात गर्न सकिन्छ । त्यो केहि हदसम्म खुला विश्वविद्यालयले गरिसकेको छ । सुविधा भएको  शहरी इलाकामा केहि निश्चित कक्षा तथा विषयमा नियमित सिकाइको पुरक हुने गरि अनलाइन कक्षा सञ्चालन गर्न सकिएला ।

अनुत्तरित प्रश्न

शहर मात्रै हैन डोल्पासम्म पनि सोच्ने कि ? सङखुवासभाका दुरदराज पनि हेर्ने हो कि ?  कुनै पुर्वाधार तयार गरिएको छ ?  अनलाइन अफलाइन पाठ्य सामग्री  छन् ? अनलाइन कक्षा सञ्चालन गर्न शिक्षक तथा विद्यार्थीमा कम्प्युटरको आधारभुत ज्ञान अनिवार्य छ । तर शिक्षकको एउटा पुस्ता डिजीटल निरक्षर छ । तिनीहरुलाई कसरी डिजिटल साक्षर बनाउने होला ? विद्यालय तह सबै विषयका पुर्वाधारको अवस्था कस्तो छ ? शैक्षिक नीतिमा सुचना प्रविधिलाई कसरी समाहित गरिएको छ ? मानवीय संसाधनको विकासको अवस्था कस्तो छ ?  के सबैको पहुँचको  हुन सक्छ ?   अर्को कुनै विकल्प छैन ? शिक्षण सिकाइ क्रियाकलापमा शैक्षणिक व्यवस्थापनमा यसको प्रभाव कतिको छ ? यो भन्दा पहिले यसको अभ्यास गरिएको छ ? कति शिक्षकसँग अनलाइन चलाउने सीप र साधन छ ? सबै तहका कक्षाका सिकाइ सामग्री तयारी गर्न कति समय लाग्छ ?  कति कक्षाबाट यो तत्काल सुरु गर्न सकिन्छ ? सरकारी तवरबाट यसका लागि कति लगानी गरिएको छ ? विद्यार्थी तथा शिक्षक मानसिक रुपमा  कतिको तयारी छन् ? के नेपाल भरी एउटै शैलीको कार्यक्रम कार्यान्वयन गर्न सकिन्छ ?

एउटा उदाहरण हेरौं । मानि लिऊँ कुनै एउटा परिवारमा  कम्तीमा दुई सन्तान  छन् । एउटा बच्चा भ्ऋम् मा छ अर्को १ कक्षामा छ ।  ति दुई सन्तान  एउटै  विद्यालयमा पढ्ने रहेछन् । घरमा एउटा मोबाइल छ । रेडियो पनि एउटा होला । टिभी हुनेसँग पनि एउटै छ होला । ती फरक फरक कक्षा पढ्ने सन्तानलाई कसरी एउटै स्कुलको कुरा संगै सिकाउने होला ? तिनीहरुलाई  ग्याजेड ह्यान्डल गर्ने तरिका कसरी सिकाउने होला ? ( कार्टुन बाट कक्षाको पाठ तिर ) एउटा टेलिभिजनले कति वटा कक्षाका कतिवटा विषय पढाउने होला ? शिक्षण सिकाइ क्रियाकलाप फेस टु फेसमा जुन मानवीय संवेदनशीलता प्रयोग हुन्छ त्यो कसरी ल्याउने होला ( खास गरि तल्लो कक्षाका बालबालिकाका लागि ) ? कक्षा सञ्चालनमा कुन माध्यम प्रयोग गर्ने होला ? रेडियो ? टेलिभिजन ? मोबाइल ? युट्युब ? मेसेञ्जर ? टिम ? जुम ? या अन्य कुनै ?  प्रौढले जुम, टिम  तथा म्यासेञ्जरमा भिडियो कल गरे जस्तै सजिलो छ ?  आदि इत्यादि ।

विद्यालयमा  सुचना प्रविधीको प्रयोगको अवस्थाको एउटा उदाहरण । वर्षभरीको शैक्षिक तथ्याङ्कको महत्वपुर्ण सफ्टवयर क्ष्भ्ःक्ष्क् मा डाटा अपलोड गर्न सकिएको छैन । प्रयोग त धेरै परको कुरा ।   क्ष्भ्ःक्ष्क् मा  अनलाइन तथा अफलाइन  कक्षा आठको वार्षिक परिक्षा सरकारी धभद सञ्चालन गर्न नसकेर निजी कम्पनीका कयातधबचभ बाट सञ्चालन गर्ने अबस्था छ । यी प्रश्नको उत्तर नखोजेर  अनलाइन कक्षा सञ्चालन गर्न सजिलो होला जस्तो लाग्दैन ।

वार्षिक परीक्षाकै बेला देखि आईपरेको कोरोना संकटका कारण नतिजा प्रकाशन गर्ने काममै लामो समय अलमल भयो । विद्यालयको आन्तरिक वार्षिक परिक्षाको नतिजा अनुसार विद्यार्थीलाइ माथिल्लो कक्षा भर्ना गर्ने वा अभिभावकको मोबाइल उपलब्ध भएमा फोन मार्फत नतिजाको जानकारी र तथा भर्ना जानकारी गराउने काममै पनि निकै अलमल देखियो । अहिले त्यो चरण त सकिएको छ तर  जारी लकडाउको समयमा शिक्षाको निरन्तरताको लागि के गर्ने भन्ने कुरा उसैगरी अलमलकै बिचमा छ । तसर्थ निम्न कार्य गर्नु सान्दर्भिक हुन सक्छ  

१. सामाजिक दुरी कायम गरि खास गरि विद्यार्थीलाई घरमा पाठ्यसामग्री पुर्याउने व्यवस्था गर्ने,

२. स्थानीय सञ्चार माध्यम जस्तै एफएमबाट पाठ्यपुस्तक प्रयोग सम्बन्धि अभिभावक र विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने ,

३. विद्यालयले सामाजिक दुरि कायम गरि सप्ताहिक घरदैलो कार्यक्रम सञ्चालन गर्ने

४ . सामाजिक सञ्जालमा विभिन्न समूहहरु बनाउने (खास गरि शिक्षकको लागि उपयुक्त )

५.विद्यार्थीलाई अन्य घरायसी काममा लगाउन अभिभावकलाई अभिप्रेरित गर्ने

६. माथिल्लो कक्षाका विद्यार्थीको लागि विद्यालयले सम्पर्क कक्षा सञ्चालन गर्ने वातावरण गर्ने, (हरेक दिन फरक फरक कक्षाका विद्यार्थीलाई सामाजिक दुरी कायम गर्ने गरि सम्पर्क कक्षामा बोलाउने) खुला विद्यालय मोडल जस्तै ।

७.विद्यालय  सेवा क्षेत्र अनुसार शिक्षकको जिम्मेवारी निर्धारण गरि संक्रमण नफैलिने गरि घुम्ती कक्षा सञ्चालन गर्ने,

८. घरमा भएका माथिल्लो कक्षाका विद्यार्थी मार्फत साना कक्षाका विद्यार्थीलाई सिक्ने सिकाउने वातावरण तयार गर्ने आदि ।

न्यौपाने, राप्ती सोनारी गाउँपालिका कार्यालय, बाँकेको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत हुन् ।

प्रतिक्रिया