Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

'घरमै क्लास', ७ वटा कक्षाको ४ विषयको पढाई शुरु

आइतबार, २१ बैशाख २०७७

काठमाडौं - टेलिभिजन च्यानल प्रशारण संस्था डिस होमले विद्यालय तहका ७ वटा कक्षाको पठन पाठन शुरु गरेको छ । घरमै क्लास नाममा उक्त पठन पाठन शुरु गरिएको हो । डियरवाक लर्निङ् सेण्टर र डिस होमको सहकार्यमा शनिबारबाट शुरु कक्षामा कक्षा ४ देखि १० सम्मका ४ विषयको पढाई भईरहेको छ । अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरुका लागि भिन्ना भिन्नै च्यानल निर्धारण गरिएको छ । सरकारले निर्धारण गरेको पाठ्यक्रममा आधारित रहेर डियरवाक लर्निङ् सेण्टरको संयोजनमा शिक्षकहरु मार्फत् कक्षा सञ्चालन गरिएको जनाईएको छ । उक्त कक्षालाई डिस होम मार्फत् प्रशारण गरिएको हो ।

विहान ८ देखि राती ८ बजे सम्म प्रशारण हुने ती कक्षाहरुमा च्यानल नम्बर ११४ कक्षा १० का लागि निर्धारण गरिएको छ भने कक्षा ७, ८ र ९ का लागि ११५ र कक्षा ४, ५ र ६ का लागि च्यानल नम्बर ११७ निर्धारण गरिएको छ ।   

कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले शुरु गरेको लकडाउनका कारण घरमै बसेका विद्यार्थीहरुलाई पढाईमा सहिज बनाउने उक्त कार्य शुरु गरेको डिस होमले जनाएको छ ।

च्यानलमा पठन पाठन शुरु भए सँगै डिस होमले विगत ६ महिना भन्दा बढि समय देखि विभिन्न कारणले रिचार्ज नगरेका पुराना ग्राहकहरुका लागि बैशाख २१ गते देखि लागु हुने गरी ३० दिन सम्मका लागि सबै च्यानलहरु निःशुल्क उपलब्ध गराएको पनि जनाएको छ ।

प्रतिक्रिया