Edukhabar
शुक्रबार, २६ पुस २०८१
विचार / विमर्श

शिक्षामा वैकल्पिक सोच : पुर्नसंरचना गर्ने सुनौलो मौका

विहीबार, ११ बैशाख २०७७

भूमण्डीकरणले मानवजातिलाई जति सहज बनाएको छ, त्यो भन्दा कैँयौँ गुणा चुनौति थपिदिएको छ । गाँउ र देशहरूका भौगोलिक तथा राजनीतिक सिमाहरू अर्थहीन हँुदै जाँदा विश्वलाई आतङ्कित पार्ने स्वाइन प्mलु, सार्स, इबोला, मार्सजस्ता महारोगको समूहमा कोभिड –१९ पनि थपिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नामको अहिलेको महामारीलाई स्वाइन फ्लुभन्दा दशांै गुणा खतरनाक, भ्याक्सिन विना रोक्न नसकिने, भ्याक्सिन पत्ता लागेको एक वर्ष पछि मात्र सहजरूपमा उपलब्ध हुने बताएको छ । मानव जाति र प्रकृति बीचको द्वन्द्वको वातावरणीय उपज हो भने भूमण्डीलीकरण यसको विस्तारको कारक हो ।

विगतका केही वर्षहरूलाई हेर्दा यस्ता खाले महामारीहरू आगामी दिनमा बढ्दै जानेमा कुनै शंका छैन । बरू यस अवस्थामा हामीले हाम्रा बानी व्यवहार, दैनिक क्रियाकलाप र समाजिक तथा साँस्कृतिक गतिविधिहरूलाई समयानुसार परिमार्जन गरी महामारीका चुनौतीसँग जुध्नु बाहेक अन्य कुनै विकल्प छैन । विकासको लागि पुर्वाधारको रुपमा मानिएको शैक्षिक क्षेत्र यसको अपवाद हुन सक्दैन र यसलाई लामो समयसम्म क्वोरान्टाइनको बन्धक बनाउन पनि सकिन्न । यसको लागि बहस गर्न ढिला भईसकेको छ ।

सर्वप्रथम शिक्षा केको लागि हो भन्ने विषयमा स्पष्ट हुनु जरूरी छ  । विभिन्न समयमा विभिन्न व्यक्तिहरुले यसलाई विभिन्न रुपमा व्याख्या गर्ने गरेका छन् । तर हिजो आज शिक्षालाई ज्ञान वा चेतना दिने, विज्ञता प्राप्त गर्ने, जीवन निर्वाहका लागि सिप सिकाउने वा समाजिकीकरण गर्ने रूपमा व्याख्या गरेका छन् । भन्ने र सुन्ने जस्ता परम्परावादी शिक्षा र शिक्षण विधि आजका दिनहरूमा आएर विभिन्न कारणहरूले असान्दर्भिक भइसकेको छ । ज्ञान तथा जनचेतना फैलाउने शिक्षाको प्रमुख कार्य आमसञ्चार तथा सोसल मिडियाको द्रूत र व्यापक विकास र उपयोगले विस्थापित गरिदिएको छ ।  

स्वाभाविक रूपमा पुस्तौनी रूपमा सिकिने (समुदायगत तथा जातिगत) सीप, सौखले सिकिने सीप (गायन तथा अभिनय), छोटो समयको तालिमले नै सिकिने (कम्प्युटर तथा भाषा) सीप सिकाइको रूपमा विद्यालयदेखि विश्वविद्यालय शिक्षासम्म जोडनु खोज्नु समयको बर्वादी मात्र हो । सहजै र छोटो समयमा नै तथा सर्भिस लर्निङ्गको रुपमा कामसंगै सिक्न सकिने सिपलाई अनावश्यक लामो र बोझिलो बनाईनु हुन्न । गायन शास्त्र पढेर कमै मात्र मानिसहरु गायक हुन्छन् ।  

अहिले आएर विद्यालय शिक्षा समाजिकीकरणको माध्यमको रूपमा चिनिएको छ जुन विज्ञान तथा प्रविधिले यसको रूप र आयतनमा व्यापक परिवर्तन ल्याइदिएको छ, दुर्भाग्य यसलाई परम्परागत शिक्षा पद्दतिले धान्नै सक्दैन । विषयवस्तुको विज्ञताको भ्रममा रूमल्लिएको उच्च शिक्षा, साह्रै औपचारिकतामुखी र संरचनागत (Structural) रूपबाट अहिले बाहिर आउनु बुद्धिमानी देखिन्छ । समाजका सबै अवयवमा व्यापक परिवर्तन भइसक्दा पनि शिक्षामा मात्र परम्परावादी तथा अव्यावहारिक ढोंग लामो समयसम्म राख्नुको कुनै औचित्य पनि देखिँदैन ।

फेरि हाम्रो देशको शिक्षा सिकाइमुखी नभई औपचारिकता तथा उत्तीर्णमुखी छ जसलाई बेलाबेलामा अबैज्ञानिक, अव्यवहारिक तथा बेरोजगाार उत्पादन गर्ने भनि आरोप लागि रहन्छ । त्यसमाथि होम स्कुलिङ्, सर्भिस लर्निङ्, भर्चुअल लर्निङ्, विद्यालयका पर्खालहरू भत्काओ, स्कुल्स आर ब्याड फोर चिल्ड्रेन भन्ने जमानामा आएर फेरि पनि परम्परावादी शिक्षामा जोड दिनुको अर्थ समयको गति र शिक्षामा आएको परिवर्तन नजर अन्दाज गर्नु हो । यसर्थ अहिले नेपालको शिक्षाको पुनर्संरचना गर्ने यो सुनौलो मौका हो । कोभिड –१९ ले पनि यहि माग गर्दछ ।  

आधारभूत र माध्यमिक दुई तहमा वर्गीकरण गरिएको विद्यमान विद्यालय शिक्षा अहिलेलाई व्यवस्थित गरे पुग्छ । आधारभूत तहको स्थापना, व्यवस्थापन र सञ्चालनको सम्पूर्ण जिम्मा स्थानीय सरकारलाई दईनु पर्दछ । विद्यालयलाई सिकाइ केन्द्रको रुपमा विकास गरि एक गाउँ एक सिकाइ केन्द्रको अवधारणा ल्याउनु पर्दछ । आधारभुत तहका औपचारिक तथा अनौपचारिक सबै खाले सिकाइ केन्द्रहरुलाई राज्यले माध्यमिक शिक्षाको मुलाधारमा आउने बाटो सहज बनाईदिनु पर्दछ । होम स्कुलिङ् र स्थानीय समुदायका ससाना समूहमा सञ्चालित विद्यालयहरूलाई पनि राज्यले निषेध भन्दा पनि सहोगात्मक नीति लिनु पर्दछ । शिक्षा क्षेत्रमा अर्काे डरलाग्दो भाईरसको रूपमा उदाइरहेको नाफामुखी निजी विद्यालयहरूलाई पनि यहि मार्फत परास्त गर्न सकिन्छ । शिक्षक लाइसेन्स लिएका लाखौं युवाहरू यस अभियानमा सरिक हुन सक्छन् । शहरी क्षेत्रमा विद्यार्थी घट्दै गएका चोके विद्यालय तथा टाढा टाढाबाट विद्यार्थी एक ठाउँमा थुपार्नु पर्ने ग्रामीण क्षेत्रका विद्यालयहरूका लागि यो उपयुक्त विकल्प हुन सक्छ ।

मास एजुुकेसन भन्दा गाउँ तथा समुदाय स्तरीय ससानो समूहका सिकाइ केन्द्रहरु अहिलेको बन्दाबन्दी समयमा र गुणस्तरीय सिकाइका लागि प्रभावकारी हुन सक्छन् । समुदायको स्वार्थमा समुदायकै सक्रियतामा राज्यको सम्पूर्ण लगानीमा सञ्चालन गरिने सिकाइ केन्द्रहरु गुणस्तरीय सिकाइका लागि प्रभावकारी हुने नै छन् । उसो त समयानुसार सुधारका सम्भावना रहँदा रहँदै पनि सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर २०२८ को सरकारीकरण पछि खस्केको भनी प्रतिवेदनहरूले भनेकै छन् ।

हप्ताको छ दिन, वर्षको १८० दिन र तीन घण्टे परीक्षा प्रणाली भन्दा सिकाइ आधारित एकिकृत (Integrated)  शिक्षण गरि तह अनुसार परियोजना कार्य, अनसुन्धान कार्य तथा खुला प्रश्नपत्र सहितको परीक्षा प्रणाली तथा निरन्तर मूल्याङ्कनलाई सम्भव भएसम्म सञ्चार तथा प्रविधि मार्फत प्रभावकारी रुपमा गर्न सकिन्छ । अनावश्यक लामो, भद्दा र दोहोरि रहने पाठ्य सामग्री भन्दा चुस्त, एकीकृत र प्रभावकारी हुनु पर्दछ । यसका लागि आधारभूत तहमा आवश्यक विषयवस्तु एकीकृत पाठ्यक्रम अन्तर्गत समेटने गरी कक्षा ३ सम्म बढीमा दुईटा विषय जस्तै भाषा (स्थानीय÷नेपाली÷अङ्ग्रेजी) र गणित, त्यस पछिका कक्षाहरूमा भाषा (नेपाली÷अङ्ग्रेजी), गणित, समाजिक शिक्षा÷विज्ञान जस्ता बढीमा चारवटा विषयमा समेटिनु पर्छ । अनावश्यक विषय र किताबहरूको भारी बोकाएर विद्यार्थीको काँध र दिमाग खराब गरिनु हुन्न । विश्वमा नै सत्र्वोकृष्ट शिक्षा भनेर चिनिएको फिनल्याण्डमा अनावश्यक विषयहरू अध्यापन गर्न छोडी एकीकृत पाठ्यक्रमका आधारमा पाठहरू पढाउन थालिसके । जीवन र जीवनका समस्याहरू पनि विषयगत भन्दा एकीकृत रूपमा नै हुन्छन् । एकिकृत शिक्षण हाम्रो पौराणिक अभ्यास, वर्तमानको आवश्यकता र भविष्यको माग पनि हो ।

देश बन्दाबन्दी भएको अवस्थामा पनि गाउँ भित्रको वातावरण तुलनात्मक रुपमा खुलै हुन्छ, देशै ठप्प हुँदा पनि सबै गाउँहरु ठप्प हँुदैनन् । शहरतिर पनि टोल तथा सानो समुहमा आवश्यकता अनुसार स्थायी तथा अस्थायी प्रकृतिका होम स्कुलिङ्ग तथा कम्युनिटि सिकाइ केन्द्रहरु सञ्चालन गर्न सकिन्छ । तलवी वेरोजगार बनेका शिक्षकहरु प्रत्यक्ष वा अप्रत्यक्षरभर्चुअल रुपमा यो अभियानमा सहभागी हुन सक्छन् । यसो गर्दा करिब १४र१५ वर्षसम्मका बालबालिकाहरू आफ्नो गाँउ घर नजिकैको सिकाइ केन्द्र तथा विद्यालयमा अध्ययन गर्न पाउदा सिकाइ प्रभावकारी हुनुको साथै अभिभावकलाई सहज र समय, आर्थिक तथा भौतिक पक्षको अनावश्यक बरबादी पनि रोकिन्छ । काठमाडौं उपत्यकाकै स्कुले बसहरुले गर्ने सडक जाम, वातावरण्ीाय प्रदुषणका साथै आर्थिक पक्षको बरबादीलाई राक्नुको साथै कोभिड –१९ जस्ता भयानक रोगहरूबाट बँच्न यस अभियानले समाजिक तथा भौतिक दूरी पनि कायम गर्न कक्षा ८ सम्म अध्ययन गर्ने किशोरोवस्थाका बालबालिकाहरुलाई केहि हदसम्म सघाउँछ ।  

यसैगरी सधारण शिक्षा र प्राविधिक शिक्षामा वर्गीकृत माध्यमिक शिक्षालाई पनि व्यवस्थित गरी अध्ययन अध्यापन गराउन सकिन्छ । प्राविधिक विषयलाई सर्भिस लर्निङ्का रूपमा विकास गरी गाँउ बस्ति भन्दा पर आवासीय रुपमा फिल्डमा नै गई सिक्ने, काम गर्ने, सिकाइमा पुनर्ताजगी गर्ने गर्न सकिन्छ । कार्यक्षेत्रमा नै कक्षा कोठा र प्रविधियुक्त पुस्तकालयको व्यवस्था गर्नु पर्दछ । पढ्दै, त्यसैमा काम गर्दै, सिक्दै, सिकाइको विकास गर्दै जानु पर्दछ । यसरी सिक्दै र काम गर्दै गर्दा प्रभावकारी सिकाइ हुनका साथै सिकाइ प्रत्यक्ष उत्पादनसँग जोडिन पुग्छ । संसारसंग जोडिनुको साथै अध्ययन अध्यापनलाई सहज बनाउन प्रविधिको साथै सिकाइको भर्चुअल माध्यमलाई प्राथमिकता दिईनु पर्दछ । कोभिड –१९ जस्ता महामारीमा पनि ठुला उद्योग तथा परियोजनाहरु जस्तै विशेष सावधानी अपनाएर बाह्य पक्षसंग बन्दाबन्दी गरेर यि विद्यालयहरु सञ्चालन गर्न सकिन्छ, संकटकालिन अवस्थामा समाज र देशलाई योगदान दिन सकिन्छ । अहिले जस्तो माइक्रोवायलोजी, ल्याव टेक्नोलोजी, फेसन डिजाईनिङ्ग, स्वास्थ्य विज्ञान, संकट ब्यवस्थापन जस्ता विषयहरु अध्ययन अध्यापन गर्ने उच्चस्तरीय जनशक्ती कोठाभित्र लुकेर बस्नु पर्दैन ।    

अर्को खाले साधारण शिक्षा तर्फका विद्यालयहरू अहिलेका परम्परावादी प्रणालीभन्दा अनसुन्धानमूलक बनाउनु पर्दछ । सञ्चार प्रविधिमा साक्षर तथा दक्ष युवाहरूको लागि जीवनोपयोगी सीप सिकाउनका लागि शिक्षालाई खोज, अनसुन्धानमूलक र प्रविधिमैत्री बनाउनु पर्ने देखिन्छ । विद्यार्थीको चाहनाको आधारमा विषय छनोटमा व्यापकताका साथै स्तरीय प्रवेश परीक्षा मार्फत विषय वा विधा परिवर्तनलाई सहज बनाईनु पर्दछ ।

महामारीको बेला साताको छ दिन, वर्षको १८० दिन, विहान देखि बेलुकासम्म एकादेशका, धेरै धेरै पहिलेका कितावका कथाहरु घोकाईरहनुको कुनै अर्थ छैन । बरु यसवेला शिक्षकले समाज र जीवनका आवश्यकता, समस्याहरुलाई आफ्नो विषयसंग जोड्ने, त्यसैमा व्यक्तिगत तथा सामुहिक रुपमा परियोजना कार्य दिने, विद्यार्थीले विभिन्न स्रोतहरूको उपयोग गरी अध्ययन गर्ने, शिक्षकहरूसँग सोसल मिडिया मार्फत् सम्पर्क र सिकाइमा रहने, सहजता र आवश्यकता अनुसार पुस्तकालय अध्ययन, फिल्डमा जाने, प्रतिवेदन तथा कार्य सम्पादन गर्ने, सहजता अनुसार विद्यालयमा भेला हुने, आफनो कार्यको प्रस्तुति दिने, छलफलमा भाग लिने, आदि गर्न सकिन्छ । यसको अतिरिक्त विद्यार्थीले घर, समाज र आप्mनै जीवनबाट पनि केही त अवश्य नै सिकिरहेका हुन्छन् । अझ उनीहरूले समसामयिक समस्या, महामारी र यस्ता असजिला क्षण तथा पलहरूबाट झन् बढी सिकिरहेका हुन्छन् । उनीहरूको सिकाइलाई उनीहरूको भविष्यसँग जोडिदिने हो भने कुनै पनि सिकाइ जीवनमा खेर जाँदैन । विद्यार्थीेले सिकेका र सम्पन्न गरेका यिनै कार्यहरुको आधारमा तिनिहरुको मापन गर्न सकिन्छ ।

उच्च शिक्षा तथा विश्वविद्यालय शिक्षालाई माध्यमिक शिक्षाकै सधारण शिक्षा र प्राविधिक शिक्षाको उच्चस्तरको दक्ष जनशक्ती निर्माणका गर्ने गरि विकास गरिनु पर्छ । उच्च शिक्षा अहिलेको जस्तो सबैलाई भन्दा क्षमता र आवश्यकता अनुसार उच्च दक्षता हासिल गर्नेहरुको लागि सिमित गरिनु पर्दछ । जागिर नपाउञ्जेल पढिरहने परिपाटीको अन्त्य गरिनुपर्छ । यसो गर्दा उच्च शिक्षा मासबेष्ड नभई मेरिटबेष्डमा सिमित भई सिकाइ र मुल्याङ्कनमा सहज हुनसक्छ । उच्च शिक्षा पुर्णरुपमा अनसुन्धानमुलक, खोजमुलक तथा प्रविधि मैत्री बनाईनु पर्दछ । सिकाइलाई ब्यावहारिक र शिक्षणलाई प्रविधि मैत्री बनाई अन्तराष्ट्रिय अभ्यास संग जोड्न भर्चुअल सिकाइमा आधारित हुनु पर्दछ । नियमित कक्षा भन्दा सञ्चार प्रविधिमा प्रोत्साहित गर्दै फिल्ड वेस्ड तथा पुस्तकालय अध्ययन, समुहगत छलफल, प्रस्तुतिमा जोड दिईनु पर्दछ ।  प्रशिक्षक, अनसुन्धानकर्ता, व्यवस्थापकीय तथा नीति निर्माणकर्ता जस्ता दक्ष जनशक्ती तयार पार्ने नै यसको मुलभुत उद्देश्य हुनु पर्दछ ।          

सूचना तथा प्रविधिले त घर र विद्यालय बीचको भौगोलिक तथा भौतिक दूरीलाई त भत्काइ दिएको छ, औपचारिकताको दूरीलाई हामीले भत्काउने आँट गर्नुपर्छ । औपचारिकताको घेराबाट निस्केर सिकाइ सिकारूको रूचि, गति र आवश्यकता अनुरूप बग्न पाउनुपर्छ । हरेक मानिसलाई साहित्यकार हुनु छैन, न त हरेकलाई वैज्ञानिक नै हुनु छ । हरेकले आआप्mनै शैलीले सुन्दर र सभ्य समाजका लागि आआप्mनो भूमिका निर्वाह गर्नु छ । कोभिड महामारीका बेला हस्पिटलरुलाई पिपिई लगायत आवश्यक सरसमान जोहो गरिदिने दलै पिच्छे बुद्धिजिवी संघसंगठन र हजारौं प्रा. डा. हरुको विचमा एक्लो महावीर पुन हुनु छ ।

पुनश्च: शिक्षा त यसका लागि साधन मात्र हो । शिक्षाका लागि औपचारिकताका पर्खाल लगाएर यसैलाई साध्य नबनाइ दिए हुन्थ्यो । सारमा, अब परिवार र विद्यालय दुवै मिलेर मानिसहरुलाई साच्चिकै मानव बनाईदिए हुन्थ्यो ।

पनेरू त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र संकाय अन्र्तगत अँग्रेजी विषयमा अध्यापनरत छन् । 

प्रतिक्रिया