काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यनिकरण गर्नका लागि अपनाईएको सजगताका कारण रोकिएका विद्यालय तहका परीक्षाको विकल्पमा आन्तरिक मुल्यांकन मार्फत् कक्षोन्नती गर्न सकिने सुझाव सार्वजनिक गरिएको छ । शिक्षा अधिकारका क्षेत्रमा कार्यरत विभिन्न ३ सय भन्दा धेरै संस्थाहरु आवद्ध शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपालले विषय विज्ञहरुको परामर्शमा उक्त सुझाव सार्वजनिक गरेको जनाएको छ ।
कोरोना भाइरस महामारीमा शिक्षा अधिकार सुनिश्चितताका निमित्त भन्दै एनसिई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीद्वारा सार्वजनिक गरिएको आह्वानमा 'एसईई, कक्षा ११ र १२ को परीक्षा अनिश्चित भएको अवस्थामा आन्तरिक मुल्यांकन मार्फत ग्रेडिङ गरि विद्यार्थीको कक्षा कक्षोन्नती गर्न आह्वान' गरिएको छ ।
गत चैत ६ गते देखि गर्ने तय गरिएको कक्षा १० को अन्त्यमा लिइने एसईई परीक्षा सरकारले परीक्षाको अघिल्लो दिन साँझ स्थगित गरेको थियो । बैशाख ८ र २१ बाट सञ्चालन गर्ने भनिएको कक्षा १२ र ११ को वार्षिक परीक्षा पनि गत चैत २५ गते अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको छ । उक्त परीक्षा स्थगित भएसँगै कक्षा ११, १२ का झण्डै ९ लाख ६२ हजार र एसइईका ४ लाख ८२ हजार विद्यार्थी अन्योलमा छन् । उक्त अन्योल समाधानका बारेमा शिक्षा मन्त्रालयले कुनै विकल्प तय गरिसकेको छैन ।
यही सन्दर्भमा एनसिई नेपालले उक्त आव्हान सार्वजनिक गरेको हो । ११ बुँदे उक्त आह्वानमा समेटिएका विषय यस प्रकार छन् :
- महामारी तथा विषम परिस्थितिमा शिक्षा क्षेत्रको भूमिका अझ बढोत्तरी हुने हुँदा बार्षिक रूपमा छुट्याउने बजेटका अतिरिक्त आगामी आ.ब.को बजेटमा शिक्षा क्षेत्रलाई थप बजेट छुट्याउन आव्हान गर्दछौँ ।
- तीनै तहका सरकारद्वारा शिक्षकहरूको पेशागत विकासमा ध्यान दिंदै प्रविधिको प्रयोग र दूर शिक्षाका माध्यमहरूमा उनीहरुको क्षमता र सीप अभिबृद्धिमा समेत जोड दिन आव्हान गर्दछौं । भौगोलिक तथा आर्थिक रुपले विटक समुदायमा रहेका शिक्षकहरुको सीप विकास र उनीहरुले प्रदान गर्नसक्ने दूर शिक्षाका माध्यम र शिक्षकहरmले गर्न सक्ने विद्यार्थी तथा अभिभावक परिचालनमा विषेश ध्यान दिन आग्रह गर्दछौँ ।
- यस महामारीको अवस्थामा कक्षा कोठामा आधारित शिक्षण सिकाई व्रिmयाकलापहरm तत्काललाई सम्भव नभएको हुँदा अनलाईन तथा प्रविधिमा आधारित सिकाई (जस्तै टिभि रेडियो, मोवाइल आदि) व्रिmयाकलापहरmलाई निरन्तरता दिन हामी आग्रह गर्दछौ । साथै सबै विद्यालयहरmलाई प्रविधिमा जोड्ने सरकारको योजना प्रभावकारीरmपमा कार्यन्वयन हुन नसक्दा अहिलेको महामारीको अवस्थामा समेत बालबालिकाहरmको शिक्षण सिकाई निर्वाध हुन सकेको छैन । तसर्थ आगामी दिनहरmमा यस्तो अवस्था आउन नदिन अत्यावश्यक भौतिक तथा मानवीय पूर्वाधारको विकासका लागि तत्काल योजनावद्ध रुपमा कार्य थालनीका लागि आह्वान गर्दछौ ।
- अनलाईन तथा प्रविधिको नाममा शिक्षाका निजी क्षेत्रको अनावश्यक संलग्नता अझ बढ्दै जाने देखिन्छ । यसले समाजमा आर्थिक तथा सामाजिक खाडल सिर्जना गर्ने, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचबाट टाढै रहन सक्ने, समाजमा प्रविधि विभेद (Digital Divide) को अवस्था सृजना हुने र अन्ततोगत्वा संविधानले सुनिश्चित गरेको समाजवाद उन्मुख गुणस्तरीय, समावेशी, समतामूलक र निःशुल्क शिक्षा प्राप्त गर्ने मौलिक अधिकारमाथि थप चुनौति थप्ने हुँदा हामी सबै तहका सरकारहरmलाईसजग रहन ध्यनार्कषण गराउन चाहान्छौं ।
- एसईई, कक्षा ११ र १२ को परीक्षा अनिश्चित भएको अवस्थामा आन्तरीक मुल्यांकन मार्फत ग्रेडिङ गरि विद्यार्थीको कक्षा Promotion गर्न अ्व्हान गर्दछौं ।
- विपतको समयमा महिला, बालिका, अपाङ्खता भएका बालबालकिाहरूको वाल सुरक्षा र सरक्षणसम्बन्धी सचेतना, उजुरी सयन्त्र, उजुरी व्यवस्थापनका लागि आवश्यक सयन्त्र बनाउन जोडदार माग गर्दछौ ।
- यस महामारीको अवस्थामा शिक्षा क्षेत्रलाई वैकल्पिक उपायबाट सूचारु राख्न नागरिक समाजको समेत प्रतिनिधित्वमा प्रदेश स्तरीय र स्थानीय सरकारस्तरीय शिक्षा समूह र समिति वा संजाल गठन गरी कार्य शुरु गर्न आव्हान गर्दछौं ।
- समग्र शैक्षिक समुदायलाई महामारी बारे सही सूचना, तथ्याङ्क र मार्गदर्शन प्रदान गरी जोखिम न्यूनिकरणमा उनीहरुको सहभागिता र अपनत्व सुनिश्चित गर्न आग्रह गर्दछौँ ।
- सिमान्तकृत समुदायका बालिकाहरुको सुरक्षा तथा संरक्षणलाई विशेष ध्यानमा राखी प्रहरी प्रशासन, स्थानीय सरकार, नागरिक समाज र समुदायमा आधारित अन्य संघ÷संस्थाहरुले अनुगमन तथा विशेष सावधानीको सुनिश्चित गर्न आग्रह गर्दछौँ ।
- विद्यालयहरु बन्द रहेको तथा घरमा पढ्ने वातावरण उपलब्ध नभएको कारण बालबालिकाविरुद्ध श्रम शोषण तथा हिंसा हुने सम्भावनालाई ख्याल गर्दै यस्तो अवस्था आउन नदिन सुक्ष्म अनुगमन तथा निगारानी गर्नका लागि स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधिसहितको अनुगमन समिति बनाई क्यिाशील हुन आव्हान गर्दछौं ।
- अभिभावक तथा विद्यार्थीहरmलाई यस महामारीको समयमा पर्न सक्ने प्रभाव तथा असरहरुको बारेमा रेडियो, टेलिभिजन, बाल हेल्पलाईन १०९८ तथा विभिन्न सामााजिक संजालको प्रयोग गरी जनचेतनामुलक तथा मनोसामाजिक परामर्श तथा क्षमता विकासका कार्यक्रम संचालन गर्न आव्हान गर्दछौ ।
प्रतिक्रिया