Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कोर्स पुरा गर्न शनिबार पनि विद्यायल खोलिने 

शनिबार, ०५ मंसिर २०७२

काठमाडौँ, ५ मंसिर । लामो समयदेखिको थरुहट–मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण धेरै दिन पठनपाठन अवरुद्ध भएको जनाउँदै बाँके नेपालगञ्जका केही विद्यालय अब शनिबार समेत खोलिने भएको छ। 

तिहारपछि बाँकेका बिद्यालय सञ्चालन हुन थालेपछि अहिले नेपालगञ्जका केही नीजि विद्यालयले समयमा कोर्स पुरा नहुने जनाउँदै शनिबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् । 

गत ३ महिनायता अधिकांश समय विद्यालय बन्द नै रहेको जनाउँदै नेपालगञ्जस्थित नीजि विद्यालय एबिसी रेजिडेन्सियल उच्च माविले मंसिर ५ गतेबाट शनिबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रधानाध्यापक शशि स्वारले जानकारी दिएका छन् । 

पाठ्यक्रमको पढाई पुरा नहुने देखेर अर्को सुचना जारी नभएसम्मका लागी मंसिर ५ अर्थात आजदेखि हरेक शनिबार पनि विद्यालय सञ्चालनमै रहने सुचना अभिभावक र विद्यार्थीलाई पठाइसकिएको उनले बताए । 

यसैगरी नेपालगञ्जकै अन्य केही निजी विद्यालयले पनि शनिबार लगायत कुनै पनि दिन विदा नदिने गरी विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएका छन् । 

(आजको गोरखापत्र दैनिकको पृष्ठ ५ मा प्रकाशित समाचार) 

 

प्रतिक्रिया