Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

ईन्धनकै कारण पढाई नभए नाकाबन्दी खोल्न दवाव पर्ने बुझाई !

विहीबार, ०३ मंसिर २०७२

काठमाडौं - विद्यालयहरुलाई बैकल्पिक ब्यवस्था अनुसार ईन्धन उपलब्ध गराउने बारेमा शिक्षा मन्त्रालयले मन्त्रीपरिषद् बैठकमा प्रस्ताव पेश गरे पनि निर्णय हुन सकेन । बिहीबारको मन्त्रीपरिषद् बैठकमा विद्यालयहरुलाई पनि अत्यावश्यक क्षेत्र अन्र्तगत राखेर ईन्धन उपलब्ध गराउन मन्त्रालयले प्रस्ताव पेश गरेको थियो ।

तर, बैठकले उक्त प्रस्ताव बारे कुनै निर्णय नगरेको मन्त्रीपरिषद् श्रोतले जनायो ।

ईन्धनकै अभावले विद्यार्थीको पठन पाठन अबरुद्ध भयो भने नाकाबन्दी खोल्न भारतलाई थप दवाव पर्ने ठहर सहित अहिल्यै त्यस्तो ब्यवस्था गर्न नहुने भन्दै निर्णय नभएको उक्त श्रोतले दावी गरेको छ । 
'विद्यालयहरुलाई ईन्धन वितरण सहज बनाउने बारेमा मन्त्री ज्यूले प्रस्ताव पेश त गर्नु भएको हो के कारणले निर्णय भएन भन्ने बारेमा हामीलाई जानकारी भएन' मन्त्रीको नीजि सचिवालय श्रोतले जनायो । 

एउटा छुट्टै पम्पबाट विद्यालयका सवारी साधनलाई ईन्धन वितरण गर्ने गरी मन्त्री गिरिराजमणि पोखरेलले प्रस्ताव पेश गरेका थिए ।

भारतले लगाएको अघोषित नाकाबन्दीका कारण ईन्धन अभाव हुँदा विद्यालय सञ्चालनमा कठिनाई हुँदै आएको छ ।

प्रकाशित मिति २०७२ मंसिर ३ गते ।

प्रतिक्रिया