Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

भूकम्पमा भत्केका विद्यालयको शिलान्यास

विहीबार, ०३ मंसिर २०७२

काठमाडौँ, ३ मंसिर । बैशाख १२ को भूकम्पले ध्वस्त गोरखा ताप्लेस्थित महालक्ष्मी उच्चमाविको १२ कोठे पक्की भवन शिलान्यास भएको छ।  विकासका लागी ऐक्यबद्धता (एसओडी नेपाल) को  १ करोड सहयोगमा भवन बन्न लागेको हो । सहायक जिल्ला शिक्षा अधिकारी हेम आचार्य र संस्था अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठले भवन सयुँक्त रुपमा शिलान्यास गरेको प्राचार्य रहमतुल्ला मियाँले बताए । 

भवन निर्माणमा विद्यालयले २० लाख जनश्रमदानबाट जुटाउने छ । इन्जिनियरिङ र डिजाइन विद्यालय आफ्नै खर्चमा गरेको विद्यालय व्यवस्थापन समिती अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए । यसैगरी ताप्लेजुङमा जेठ २९ गते गएको पहिरोबाट प्रभावित ८ विद्यालयलाई अमेरिकामा बस्ने नेपालीबाट संकलित रकम बाडिएको छ । ६ लाख रुपैँया बुधबार फुङलिङमा वितरण गरिएको हो ।

पञ्चेश्वरी मावि लिवाङ १ लाख, सुर्के मावि थुकीमा १ लाख, सिंहदेवी निमावि सान्थाक्रा १ लाख , राष्ट्रिय मावि पेदाङ १ लाख रुपैँया उपलब्ध गराइएको हो । 

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार) 

 

 

 

प्रतिक्रिया