Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

इन्धन संकटले विद्यालयमा विद्यार्थी घटे

विहीबार, ०३ मंसिर २०७२

काठमाडौँ, ३ मंसिर । इन्धन अभावका कारण जिल्ला सदरमुकाम चरिकोट आसपासका विद्यालयमा पढ्ने बालबालिका विद्यालय नगई दाउरा खोज्न वन जान थालेपछि विद्यालयमा विद्यार्थी संख्या घटेको छ। सदरमुकामस्थित पशुपति कन्या मन्दिर माविमा पढ्दै आएका खोपाचागूँ–३ का आइते थामीले छोरीहरु विद्यालय नपठाई दाउरा खोज्न पठाएको दुई साताभन्दा बढी समय भइसक्यो । 

पशुपति कन्या मन्दिर माविसमा कक्षा ४ मा पढ्ने १० बर्षीया शीतल थामी विद्यालय नगएको २० दिन भयो । उनी भन्छिन्् “घरमा भएको ग्यास सकिएपछि विद्यालय गएको छैन् । बाआमा नजिकैको जगंलमा गएर दाउरा खोजेर ले भन्छन्, मान्नैपर्यो ।” 

यस्तै अर्का अभिभावक बिस्मिरे थामीका नौँ बर्षीय छोरा कृपाश्वर थामी पनि विद्यालय नगएको १५ दिन भइसक्यो । इन्धन संकट भएपछि विद्यालय जानुको साटो दाउँरा खोज्न जादा विद्यालयको पढाई समेत प्रभावित भएको छ। 

(आजको राजधानी दैनिकको पृष्ठ ३ मा प्रकाशित समाचार)

प्रतिक्रिया