Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
खबर/फिचर

राष्ट्रपतिको उडान हुन नसक्ने भन्दै विद्यालय उद्घाटन स्थगित

आइतबार, २० पुस २०७६

सिन्धुपाल्चोक  - भुकम्पका कारण भत्केको जुगल गाउँपालिका – ५, बराम्ची स्थित श्री रत्न राज्य माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनको कार्यक्रम स्थगित भएको छ । चीन सरकारको सहयोगमा निर्मित उक्त विद्यालयको नवनिर्मित भवन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । 

'मौसममा आएको परिवर्तनका कारण उडान हुन नसक्ने भनी राष्ट्रपतिको सचिवालयबाट जानकारी प्राप्त भएका कारण कार्यक्रम स्थगित गरिएको' पालिकाले जनाएको छ । राष्ट्रपतिको समय मिलाएर चाँडै नै उक्त कार्यक्रम गर्ने पालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । 

भुकम्पले विद्यालय भवन भत्के पछि विभिन्न् संस्थाका सहयोगमा बनेका अस्थायी टहरामा राखेर विद्यार्थीको पठन पाठन हुँदै आएको छ । प्रारम्भिक बाल विकास देखि कक्षा १२ सम्म गरेर विद्यालयमा ४ सय ५९ विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक छन्द काफ्लेले जानकारी  दिए । 

२०२० सालमा स्थापना भएको उक्त विद्यालयमा १९ जना दरबन्दी र बाँकी ५ जना विभिन्न श्रोतबाट राखिएका शिक्षकले पठन पाठन गर्दैै आएका छन् । चीन सरकारको १ अर्व सहयोगमा निर्माण भएको भवन सन् २०१७ को डिसेम्बरबाट पुर्ननिर्माण शुरु गरिएको थियो । 

पालिका भित्र रहेका ४५ सामुदायिक विद्यालय मध्ये अधिकाँशको पुर्ननिर्माण सम्पन्न भईसकेको छ । 

 

प्रतिक्रिया