Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

छोराछोरीलाई आफै विद्यालय पुर्याउदै अभिभावक

बुधबार, ०२ मंसिर २०७२

काठमाडौँ, २ मङ्सिर । भारतको अघोषित नाकाबन्दीले इन्धन आपूर्ति सहज नभएका कारण निजी विद्यालयका बसहरु चल्न छाडेपछि अभिभावक आफैँले आफ्ना छोराछोरीलाई विद्यालय पु¥याउन थालेका छन् ।  दसैँ, तिहारलगत्तै विद्यालय खुल्न थालेपनि इन्धनको समस्याका कारण विद्यार्थी विद्यालय नआइरहेको अवस्थामा अहिले अभिभावक आफैँ आफ्ना छोराछोरीलाई विद्यालयसम्म पु¥याउन तम्सिएका हुन् । 

अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले भने, “काठमाडौँ उपत्यकाका सीमित दूरीका विद्यालयमा अहिले अभिभावक आफैँ छोराछोरीलाई पु¥याउन गइरहेको देख्न सकिन्छ । इन्धन अभावले विशेष गरी कक्षा १० का विद्यार्थीलाई धेरै असर पारेको छ । विद्यालय नजाँदा साना केटाकेटीको समेत दैनिकी अस्तव्यस्त हुँदा अभिभावक चिन्तित छन् ।” 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले सरकारले विद्यालयलाई अत्यावश्यक सेवाका रुपमा राखिनुपर्ने र कोटा प्रणालीबाट भएपनि इन्धन उपलब्ध गराई सहज वातावरणमा विद्यालय सञ्चालन गर्ने अवसर प्रदान गर्न माग गरे ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) का महासचिव डिके ढुङ्गानाले आफूहरुले सम्पूर्ण निजी विद्यालयलाई आजदेखि पूर्णरुपमा खोल्न आह्वान गरेको बताए । शैक्षिक कोर्स पूरा गर्ने चिन्ता शिक्षक, विद्यार्थी तथा अभिभावक सबैलाई उत्तिकै रहेको बताउँदै उहाँले यसको व्यवस्थापनका लागि प्रयत्नरत रहनेमा जोड दिए । 

इन्धन अभाव, तराई आन्दोलनजस्ता कारणले विगत केही समयदेखि नेपालभरका विद्यालय नियमित सञ्चालनमा छैनन् भने काठमाडौँ उपत्यकाका करिब ४० प्रतिशत निजी विद्यालय अझै पूर्ण सञ्चालन भएका छैनन् । 

(रासस) 

 

प्रतिक्रिया