Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
अन्तैवाट

मापदण्ड कसिलो, कम्तीमा एक जना विद्यावारिधि तहको शिक्षक हुनुपर्ने

विहीबार, १० पुस २०७६

काठमाडौं १० पुस / विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित शैक्षिक संस्थाका लागि सरकारले मापदण्ड कसिलो बनाएको छ । कान्तिपुरमा विदेशी सम्बन्धनका कलेजलाई जग्गा अनिवार्य शिर्षकमा प्रकाशित खबर अनुसार शिक्षा मन्त्रालयले २०५९ मा जारी निर्देशिकाका प्रावधान परिमार्जन गरेको हो ।

निर्देशिकाको अनुसूची ५ र ७ मा शिक्षण संस्था स्थापना र सञ्चालनका लागि जग्गाको मापदण्ड तय गरिएको छ ।

यसअघि संस्था चलाउन जग्गा अनिवार्य थिएन । अब भने काठमाडौं उपत्यकाभित्र कम्तीमा ३ रोपनी, पहाडी क्षेत्रमा ६ रोपनी र तराईमा ५ कट्ठा जग्गा हुनुपर्नेछ । कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर गरेका शिक्षक हुनुपर्नेछ । स्नातकोत्तर तह चलाएको भए कम्तीमा एक जना विद्यावारिधि तहको शिक्षक हुनुपर्नेछ ।

भवन, कक्षाकोठा, चमेनागृह शौचालय र बहुउद्देश्यीय हलको पनि मापदण्ड निर्देशिकाले तोकेको छ । औद्योगिक क्षेत्र र मूल सडकसँग नजोडिएको ठाउँमा संस्था हुनुपर्नेछ । बढीमा ४० जना विद्यार्थी राख्न मिल्ने कक्षाकोठा, चमेना गृह अनिवार्य छ । सभाहलको तीन सय जना क्षमताको हुनुपर्ने भनिएको छ । खेलकुद, सफाइ, सुरक्षा, खानेपानी, पुस्तकालय, फर्निचर, इन्टरनेट सुविधा र छात्रवृत्तिको पनि मापदण्ड तोकिएको छ ।

विद्यार्थी भर्ना संख्याका आधारमा स्वदेशी लगानीकर्ता भए १० र विदेशी भए २० प्रतिशत सिट महिला, गरिब तथा जेहेन्दार, दलित/पिछडिएका तथा दुर्गमका नेपाली नागरिकका लागि छात्रवृत्ति व्यवस्था गर्नुपर्नेछ । निर्देशिकामा भनिएको छ ।

विदेशी संस्थाका सम्बन्धनमा खुलेका करिब ४ सय शिक्षण संस्था नेपालमा सञ्चालित छन् ।

प्रतिक्रिया