काठमाडौं - भारत विहारको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर शिक्षक बनेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँकी शिक्षक तिलमाया गुरुङ विरुद्ध मुद्दा दायर गरेको छ । जनशिशु कल्याण प्राथमिक विद्यालय, जोरपोखरीकी शिक्षक गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा उक्त तथ्य प्रमाणित भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गुरुङले शिक्षक नियुक्त हुन पेश गरेको विहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तहको शैक्षिक प्रमाणपत्र झुठ्ठा रहेको अख्तियारको दावी छ । झुठ्ठा विवरण पेश गरी नियुक्ति लिई हालसम्म कार्यरत रही सरकारी सुविधा तथा लाभ समेत लिएको देखिँदा उक्त कार्य भ्रष्टाचार ठहर भएको अख्तियारको दावी छ ।
प्रतिक्रिया