Edukhabar
मंगलबार, २७ कार्तिक २०८१
अन्तैवाट

जसरी पनि कक्षा चलाइने : प्याब्सन

बुधबार, ०२ मंसिर २०७२

काठमाडौँ, २ मंसिर ।  निजि विद्यालयहरुले इन्धन नभए पनि नियमित कक्षा सञ्चालन गर्ने भएका छन् । विद्यालय बन्द गर्दा कोर्स पुरा नहुने भएपछि निजी विद्यालयहरुले इन्धन नपाएपनि कक्षा सञ्चालन गर्ने तयारी गरेका हुन् । इन्धन नपाएको भन्दै दशैँ र तिहारको बीचमा धेरैजसो निजी विद्यालयको पढाई सञ्चालन भएको थिएन ।

“तेल नपाए पनि विद्यालय बन्द गर्ने योजनामा छैनौँ” प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भने “विद्यार्थी हिडाँएर भएपनि कक्षा सञ्चालन गछौँ । विद्यालय बन्द गर्ने कल्पना पनि गर्न सकिदैन ।”

धेरैजसो विद्यालय आइतबारदेखि सञ्चालनमा आएपनि केही विद्यालय बुधबारबाट खुल्दै छन् । विद्यालयले अभिभावकलाई मोबाइलमा सन्द्येश पठाएर नियमित कक्षा भएपनि इन्धन अभावले गाडीको व्यवस्था गर्न नसक्ने भन्दै छोराछोरीलाई आग्रह गरेका छन् । 

उपत्यकामा ७० प्रतिशत निजी विद्यालयले सवारीबाट विद्यार्थी ल्याउने र लैजाने व्यवस्था गरेका थिए । गाडीको व्यवस्था नभए पनि निजी कक्षाा सञ्चालन हुने भएपछि घरदेखि टाढा विद्यालयमा भर्ना गरेका अभिभावकलाई चिन्ता थपिएको छ। 

एक शैक्षिक सत्रमा १ सय ८० दिन पढाई हुनुपर्ने भए पनि पुरा नहुने भएपछि आन्तरिक विदामा पनि पढाउने प्याब्सनले जनाएको छ। 

(आजको कान्तिपुर दैनिकको तेश्रो पृष्ठमा मकर श्रेष्ठले समाचार लेखेका छन्)

प्रतिक्रिया