Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

तराईका विद्यार्थीमा एसएलसीबारे अन्योलता

मंगलबार, ०१ मंसिर २०७२

काठमाडौँ, १ मंसिर । सरकारले एसएलसी परिक्षा नियमित समयमै सञ्चालनको तयारी गरिरहदाँ तराईका विद्यालयमा अध्ययनरत विद्यार्थी परिक्षामा सहभागी हुने नहुने दोधारमा परेका छन् । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले यस बर्षको एसएलसी नियमित समयमै हुने भन्दै समयतालिका तलमाथी नपारी परिक्षा सञ्चालन गर्न सबै क्षेत्रीय शिक्षा निर्देशनालयलाई निर्देशन दिएको बताए । 

“शिक्षा मन्त्रालयले छठलगत्तै मधेसी मोर्चासंग वार्ता गरी विद्यालय खोल्ने तयारी गरेको छ”मन्त्री पोखरेलले बताए । मन्त्री पोखरेलले शैक्षिक सत्र खेर जान नदिन छठलगत्तै विद्यालय खोलाउनुको विकल्प नरहेको समेत स्पष्ट पारे । “आन्दोलनरत नेतासँग भेटेरै आन्दोलनमा असर नपर्ने गरी विहान ६ देखि ११ बजेसम्म कक्षा सञ्चालन गर्न दिन आग्रह गरेको छु”, उनले भने । 

तर मोर्चाले तराईका विद्यालय साउनदेखि नै बन्द गराएको छ। विद्यार्थी घरमै बसेका छन् । विद्यालय बन्दँ हुँदा उनीहरुको बौद्धिक र शारिरीक विकासमा समेत बाधा परेको शिक्षक बताउँछन् । तराई–मधेस आन्दोलनका कारण तराईका आठ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा, धनुषा र सप्तरीका करिब ५९ हजार विद्यार्थी एसएलसी परिक्षाको तयारीबाटै वञ्चित छन् । 

परिक्षा नियन्त्रण कार्यालय सानोठिमीका कम्प्युटर  इन्जिनियर अनुप न्यौपानेका अनुसार गत बर्ष मात्र ती आठ जिल्लाबाट ५८ हजार १ सय ५४ परिक्षार्थी एसएलसीमा सहभागी भएका थिए ।

(आजको नागरिक दैनिकको पृष्ठ ३ मा प्रकाशित समाचार)

प्रतिक्रिया