Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

वनको आम्दानीबाट शिक्षकलाई तलब 

मंगलबार, ०१ मंसिर २०७२

काठमाडौँ, १ मंसिर । कञ्चनपुरका कृष्णपुर नगरपालिकाको एक सामुदायिक वनको आम्दानीबाट सरकारी विद्यालयका शिक्षकलाई तलब दिएर विद्यालय सञ्चालन गरिएको छ। कृष्णपुर नगरपालिका ३ बालुवेलाको स्वामी सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट गाउँकै स्थानीय ग्वासी निवाविका पाचँ जना शिक्षकलाई तलब दिएर विद्यालय सञ्चालन भएको हो । 

सामुदायिक वनका अध्यक्ष खेमराज पाण्डेले सामुदायिक वनले विगत पाच बर्षदेखि वनको आम्दानीले विद्यालय सञ्चालन गरेको बताए । अध्यक्ष पाण्डेका अनुसार निम्न माध्यामिक तहका पाचँ जना शिक्षकहरुको तलब सामुदायिक वनबाट व्यवस्था गरिएको छ । पाँजना शिक्षकरुको तलब मासिक ६ हजारका दरले विद्यालयले चौमासिक रुपमा एकमुष्ठ ३० हजार रुपैया उपलब्ध गराउदै आएको अध्यक्ष पाण्डेले बताए । 

विद्यालयको अवस्था नाजुक र उक्त क्षेत्रमा निम्न विपन्न समुदाय भएकाले निम्न माध्यामिक तहको विद्यालय सञ्चालन गर्न विद्यालयसँग स्रोत नभएका कारण वनले यस्तो व्यवस्था गरेको हो । ग्वाासी निमावि विद्यालयका प्रधानाध्यापक लक्ष्मीराज ओझाले निमाविमा सरकारले दरबन्दी नदिएका कारण पनि विद्यालयसंग आर्थिक सहयोग मागेर विद्यालय सञ्चालन गर्नुपरेको बताए । 

(आजको हिमालय टाइम्सको पृष्ठ २ मा प्रकाशित समाचार)

प्रतिक्रिया