Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षकमाथि गोली प्रहार

सोमबार, ३० कार्तिक २०७२

काठमाडौं ३० कात्तिक / बाराको सिम्रौनगढ बजारमा गत राति एक शिक्षकमाथि अज्ञातसमुहले गोली प्रहार गरेको छ। नेपाल राष्ट्रिय प्राथमिक विद्यालगका प्रधानाध्यापकसमेत रहेका बृजकिशोर यादवलाई घरमा सुतिरहेको अवस्थामा गोली प्रहार गरेको बाराका एसपी लोकेन्द्र मल्लले जानकारी दिए।

गोली प्रहारपछि यादवलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ। यादवलको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। यादव कांग्रेस समर्थक रहेको बताइएको छ। यादव माथि गोली प्रहार किन र कसले गर्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनायो।

नागरिकमा खबर छ ।

प्रतिक्रिया